युरोपमा पहिलो पटक गैरआवसिय नेपालीहरु बिच फुटबल प्रतियोगिता हुने

युरोपमा पहिलो पटक गैरआवासिय नेपालीहरु बिच मैत्री पूर्ण फुटबल खेल हुने भएको छ । गैरअावासिय नेपाली संघ नर्बेको आयोजनामा हुने उक्त खेल कार्यक्रममा युरोप भरीका प्रबासी नेपालीहरुको समुहले भाग लिने बताइएकाे छ । यहि जुन २३ र २४ मा नर्बेको राजधानी ओस्लोमा खेल हुनेछ  ।

युरोप भरी छरिएर रहेका प्रबासी नेपाली खेलप्रेमीहरु बिच भेट्घाट तथा खेलकुद का लागि विर्द्दिबिकास गर्ने हेतुले आयोजना भएको गैह्र आबाशिय नेपाली संघ पोर्तुगलका कुबेर कार्कीले बताए। उक्त खेलमा सहभागी हुन जाने पोर्तुगलको खेलाडी समुह लाई बिदाइ गर्दै कार्कीले आगामी डिसेम्बरमा एन आर एन पोर्तुगल पनि युरोप स्तरिय खेल को आयोजना गर्ने जानकारी दिए ।

पोर्तुगल एन आर एन का युवा संयोजक रविन अधिकारी को नेत्रित्वो तथा केन्द्र लिम्बुको क्याप्टेनशिप मा काजिमान गुरुङ,सुबाश गुरुङ, लगायत १२ जना खेलाडी टोलि शुक्रबार नर्बे प्रस्थान गरेको छ ।