अबदेखि पासपोर्टकाे फाराम माेबाईल एप्लिकेसनबाटै भर्न सकिने

काठमाडाैं, अबदेखि पासपोर्टकाे फाराम माेबाईल एप्लिकेसनबाटै भर्न सकिने भएकाे छ । याे सेवाकाे परराष्ट्रमन्त्री प्रकाशशरण महतले शुभारम्भ गरेका छन् । सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले विकास गरेको ‘मोबाइल एप्स नेपाल पासपोर्ट’ बाट फाराम भर्न सकिनेछ ।

अावश्यक विवरण भरिसकेपछि राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र भने सेवाग्राहीले विभागमै बुझाउनुपर्नेछ । भौतिकरुपमा विभागमा उपलब्ध गराउने बाहेकका सुविधा एप्स प्रयोगकर्ताले पाउने छन् । याेसँगै कम्प्युटरबाटमात्र आवेदन फाराम भर्न सकिने र फाराम अनिवार्य छाप्नुपर्ने व्यवस्थामा सुधार आउने विभागकाे दावी छ ।

रितपूर्वक फाराम भरी पठाएमा सेवाग्राहीले मोबाइलमा नै बारकोड प्राप्त गर्नेछन् । बारकोड लिएर सेवाग्राही राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र लिएर विभागमा राहदानी बनाउन जान सकिनेछ ।

तत्कालका लागि विभागले एप्सबाट आवेदनको व्यवस्था दोहा, रियाद, जेद्धा, आबुधाबी, लन्डन, कुवेत, वासिङ्टन डिसी, न्युयोर्क र हङकङस्थित नेपाली नियोग र कन्सुलरका साथै काठमाडौस्थित विभागमा याे सेवा सुरु गरेको छ । छिट्टै याे सेवालाई देशव्यापी बनाउने विभागले बताएकाे छ । एन्ड्राेईड तथा अाईअाेएस मोबाइलको nepalpassport खोजेर उक्त एप्स डाउनलोड गर्न सकिनेछ ।