डा. नेम्वाङको रिसर्च टोलीलाई नासाद्धारा चार करोडको अवार्ड

काठमाडौं । अमेरिकस्थित ह्युस्टन विश्वविद्यालयका प्रोफेसर डा. तेज नेम्वाङको रिसर्च टोलीले अवार्ड पाएका छन् । अन्तरिक्षमा प्रयोग हुने पदार्थ तथा अन्तरिक्ष यात्रीमा सन्तुलित रुपमा हुनुपर्ने सुक्ष्म जीवाणुको अन्वेषणको लागि ह्युस्टन विश्वविद्यालयका प्रोफेसर डा. नेम्वाङको टोलीलाई नासाले ३ लाख अमेरिकी डलर (नेपाली चार करोड) रुपैयाँको अवार्ड प्रदान गरेको हो ।

उनले आफू र टीमले नासाबाट उक्त अवार्ड पाएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । साथै उनले यस टिमको सह–अन्वेशकको रुपमा काम गर्न पाउँदा खुशी लागेको पनि बताएका छन् ।