समाचार Archive

कोरोना परिक्षणका लागि ६ निजी प्रयोगशालालाई अनुमति
काठमाडौं, सरकारले कोरोना भाइरसको पीसीआर विधिबाट परिक्षण गर्न ६ वटा निजी प्रयोगशालालाई अनुमति दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले काठमाडौंका ४ वटा र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई परिक्षणको अनुमति दिएको

म्याग्दी पहिरो : २८ जनाको गयो ज्यान, १९ को सामुहिक अन्त्येष्टि
म्याग्दी, लगातारको भारी वर्षासँगै आएको बाढी पहिरोमा परेर म्याग्दीमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये हिजो थप एक जनाको शव भेटिएसँगै

बाँकेका ८ बिद्यालयमा क्रान्तिकारीको कालो ब्यानर
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल ९क्रान्तिकारी० बाँकेले जिल्लाका ८ वटा विद्यालयमा कालो ब्यानर टाँसेको छ । लकडाउनका बेला अनलाइन कक्षाका नाममा मनोमानी शुल्क उठाएको भन्दै अखिल क्रान्तिकारी बाँकेको एक सामुदायिक सहित

पहिरोमा पुरिएर तनहुँमा दुई जनाको मृत्यु, पाँच बेपत्ता
तनहुँ, अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री गरेपछि…
काठमाडौं, अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तत्कालीन मालपोत प्रमुख टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश

सार्वजनिक यातायात खुल्ने अन्योल उस्तै, भएन निर्णय
काठमाडौं, छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर
जोडिएकै हो त चुँडिन लागेको नेकपाको डोरी ?
काठमाडौं, सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो । बढ्दै गएको विवादले पार्टी विभाजनको खतरामा पुगे पनि

अब हरेक वडामा वाईफाई
काठमाडौं, नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ। कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए। आगामी आर्थिक

आज २०७ औँ भानु जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली

नेपालले भारतलाई भन्यो- ‘नैतिक सीमा नाघ्नुहुँदैन’
काठमाडौँ, भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ । परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई ध्यानाकर्षण पत्र

