व्यानर न्यूज Archive

कर्णालीमा थप १२० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२२४

सुर्खेत, कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२ सय २४ पुगेको छ।  प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय २० जनामा

थप ६७१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ७,८४८

काठमाडौं, नेपालमा आज (बिहीबार) एकै दिन अहिलेसम्मकै धेरै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

‘१० अर्बको जवाफ’ प्रधानमन्त्री भन्छन् : कतिलाई हिसाब चाहिएको छ

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरेका छन् । कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उनले असन्तुष्टि जनाए ।

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडाैं, नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले मतदान गरे । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिए । राष्ट्रिय सभाको एक जना सिट रिक्त

गण्डकीमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२४

पोखरा, गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका ९, पर्वतका ४, तनहुँका ३, पूर्वी नवलपरासीका १३ र बाग्लुङका १ जनामा संक्रमण देखिएको हो । उनीहरु सबैजना

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो, ८१ जना डिस्चार्ज

धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । बुधबार मात्रै सेती प्रादेशिक कोविड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको हो । बुधबार साँझसम्म ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास

नेकपाले असार १० गते बोलायो स्थायी कमिटी बैठक

काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही असार १० गते बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ। बैठकमा एमसीसीलगायत समसामयिक विषयमा छलफल बताइएको छ। स्थायी कमिटी बैठकअघि सचिवालय बैठक बसेर कार्यसूची तय हुनेछ।  अध्यादेश

गण्डकीमा थप ४२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २८९

पोखरा, गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १२, पूर्वी नवलपरासीका १८, मनाङका १ र गोरखाका ११ जनामा संक्रमण देखिएको हो । मनाङका संक्रमितबाहेक बाँकी सबै

जलारी गाउँ

सारङ्गी पेट छाम्दै एक हुल जलारी माछाका भुराहरु समात्ने अभिलाषामा छ्याप्प –छ्याप्प जाल हान्दै छन् आफ्नै आँसुको बेगनासतालमा । आँगनमा ताल पिँढीमा ताल मझेरीमा ताल तालैतालका जञ्जिरले जेलिएको जलारी गाउँ । पीडाको बेगनासमा माछा पाल्छ– जालले

नेपालमा कोरोनाबाट थप एक महिलाको मृत्यु, मृत्तकको संख्या २०

काठमाडौं,  नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।