मुख्य समाचार Archive

मन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण पुष्टि

विराटनगर, प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि

अस्पताल चहार्दा–चहार्दै तीन कोरोना संक्रमितको मृत्यु

चितवन, अस्पताल चहार्दा–चहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल

प्रहरीमा बढ्दो कोरोना संक्रमण : गृहद्वारा समायोजनको तयारी

काठमाडौं, कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनमा अग्रस्थानमा खटिएका प्रहरीमा दिनदिनै संक्रमण बढिरहेको छ । उनीहरूलाई स्रोत–साधन र सुविधा थप्न चासो नदिएको गृह मन्त्रालय यस्तो वेला प्रदेशमा समायोजनमा सक्रिय देखिएको छ । अहिलेको विषम परिस्थितिमा प्रहरी समायोजन गर्दा थप

खतिवडा पुनर्नियुक्ति : ओली–प्रचण्डबीच फेरि मत बाझियो

काठमाडौं, अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले खतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्‍याउन अध्यक्ष पुष्पकमल दाहालसँग प्रस्ताव गरेका थिए ।

कक्षा १२ को परीक्षा दशैं अगाडि

काठमाडौं, कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको

कोरोनाविरुद्धको खोपलाई अनुमति दिन हतार नगर : डब्ल्यूएचओ

काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्धको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधिलाई मञ्जुरी दिने

बाँकेमा एकैदिन ४१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज, बाँकेमा सोमबार बेलुकासम्मा थप ४१ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालको ल्याबबाट ४० र वोगेश्वरी डाईग्नोष्टिक सेन्टर कोहलपुरको ल्यावमा गरीएको परिक्षणमा नेपालगन्जका ५२ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । जसमध्ये ६ जना स्वास्थ्यकर्मी

पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख ५ लाख ३० हजार घुससहित पक्राउ

नेपालगन्ज, बाँके पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष कुमार अर्याल घुस रकम सहित पक्राउ परेका छन । सेवाग्राहीवाट ५ लाख ३० हजार घुस सहित पक्राउ गरेकाे हाे ।  सेवाग्राहीवाट रकम लिई बुटवल तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् । उनले ट्वीटमार्फत बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन् । पूर्वराष्ट्रपति

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टी

काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबारको रिर्पोटमा कोरोना संक्रमण पुष्टि भएको हो ।मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए