बिपद ब्यवस्थापन गर्न पचालझरनाले सबैसंग सहकार्य गर्ने

कालीकोट । कालिकोटको पचालझरना गाउँपालिकाले बिपदको सामना गर्न सबैसंग सहकार्य गर्ने भएकाे छ । बिपदको सामाना गर्न सबै निकायसंग सहकार्य गर्ने भएको हाे  ।

शुक्रबार भएको बिपद ब्यबस्थापन सम्बन्धि बैठकमा गाउँपालिका सरकार, गैर सरकारी संघ सस्था र राजनैतिक दलहरुको सहकार्यमा अघि बढ्ने बताइएको छ ।

उक्त बैठकले प्रत्येक वडा अध्यक्षको नेतृत्वमा राजनैतिक दल,संघ सस्था,महिला लगायतको सहभागितामा १५ सदस्यीय बिपद समिति गठन गर्ने ,गृहमन्त्रालयको निर्देशनको पुर्ण पालना गर्ने ,गाउँ पालिका भित्र मेला पर्व नगर्ने,भाद्र २० गते देखि शुरु गरिने भनेको पढाई बन्द गर्ने बताएको छ ।

उक्त पढाईलाई टोल स्तरमा गुरुकुल माध्यमबाट शुरु गर्ने,गाउँपालिकामा इमर्जेन्सी सेवा बाहेक अरु सेवा बन्द गर्ने र बाढी पहिरोको एकिन विवरण प्रदेस सरकारलाई पठाउने निर्णय भएको गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले जानकारी दिए ।

सेजुवालका अनुसार आजसम्म पचालझरना गाउँपालिकामा कोरोना र बाढिपहिरोले मानवीय क्षती नभएको र आगाामी दिनमा हुन नदिन उच्च सतर्कता अपनाउन समेत बताएका छन  ।