काठमाडौंमा थपिए ४५४ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिएका हुन् ।

शुक्रबार काठमाडौंमा ३८६ जना, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।