शुक्रबार थपिए एक हजार ३५९ कोरोना संक्रमित , १,३५४ जना डिस्चार्ज

काठमाडौं ,नोभेल कोरोना भाइरसका एक हजार ३५९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ३५९ संक्रमित थपिएको जानकारी दिए ।

जसमा ४६४ महिला र ८९५ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ३५४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो त्यसैगरी हालसम्म २५ हजार ५६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।

आज देशभरका १३ हजार ६३८ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ४५ हजार ४९० पीसीआर परीक्षण गरिएको छ ।