मुख्य समाचार Archive

उर्जामन्त्री बस्नेतद्धारा चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन

खलंगा जाजरकोट नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले बुधबार छेडागाड नगरपालिका–५ चंखेलीमा ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका छन । बोर्डमा लगाईएको पर्दा खोलेर मन्त्री बस्नेतले ईलाका प्रशासन कार्यालय उद्घाटन गरेका हुन् ।

अस्थायी आवास निर्माणमा डोल्पा मुड्केचुलाका जनप्रतिनिधि

जाजरकोट, अस्थायी आवास निर्माणमा डोल्पाको मुड्केचुला गाउँपालिकाको जनप्रतिनिधिको टिमले सक्रियता देखाएको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पले क्षति पुर्‍याएपछि छिमेकी पालिकाको रूपमा रहेको मुड्केचुला गाउँपालिकाले अस्थायी आवास निर्माणमा पनि सक्रियता देखाएको हो ।

भुकम्प प्रभावित क्षेत्रमा मल्हम लगाउँदै मुड्केचुला

खलंगा, जाजरकोट ,डोल्पाको मुड्केचुला गाउँपालिकाले जाजरकोट र रूकुम पश्चिमका भुकम्प पिडितलाई जकेट जकेट प्रदान गरेको छ । मुड्केचुला गाउँपालिका डोल्पाले जाजरकोट र रूकुम पश्चिमका पालिकालाई डाउन फेदरको जकेट उपलब्ध गराएको हो । कर्णाली प्रदेश सभा सदस्य

किन रुचाएनन् कर्मचारीले दुर्गम र मधेश ?

काठमाडौँ । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम

ओलीलाई माओवादी नेताको स्वागत

काठमाडौँ, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियान अन्तर्गत सिन्धुपाल्चोक पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रका नेताहरूले स्वागत गरेका छन्। सोमबार जिल्लाको बलेफी गाउँपालिकामा पर्ने खाडीचौर बजारमा पुगेका ओलीलाई माओवादी बागमती अध्यक्ष एवं प्रदेशसभा

थाइल्यान्ड पठाउने भन्दै म्यानमारमा बन्धक, एक महिला पक्राउ

काठमाडौँ, थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जनालाई झुक्याएर म्यानमार पुर्याएर बिक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाँउपालिका–४ बस्ने वर्ष २७ की कबिता गुरुङ

यो गठबन्धन पूरै अवधि जान्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन् । ‘अहिले रातदिन विभिन्न

शेखरले बोलाएको बैठकमा गगन नजाने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री गगन थापा नजाने भएका छन् । आफूसँग सल्लाह नगरी बैठक बोलाएको भन्दै थापाले असन्तुष्टि जनाएका छन् । तर महामन्त्री थापानिकट नेताहरुले भने मधेशमा कार्यक्रम तय

भन्सार प्रमुखकै संग्लनतामा इलेक्ट्रिक सिगरेटको तस्करी

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यान राजस्व बढाउने र संकटग्रस्त अर्थतन्त्रलाई सुधार्ने भन्दा पनि तस्करीको लाइन खोलेर धन संकलनमा बढी केन्द्रित हुन थालेको छ । अर्थमन्त्री महतले पठाएका रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद पाठक

एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छः वर्षमान पुन

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एनसेल खरिद–बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको पाइएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष