अखिल नेपाल ट्रेड युनियन महासंघ नेपालगन्ज उपमहानगरको अध्यक्षमा मल्ल

नेपालगन्ज । अखिल नेपाल ट्रेड युनियन महासंघ नेपालगन्ज उपमहानगरपालिका कमिटीको भेलाबाट नारायण मल्लको अध्यक्षतामा १७ सदस्य उपमहानगर कमिटी गठन गरिएको छ ।

संघका जिल्ला सचिव राजेन्द्र सिँहको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ केन्द्रिय उपमहासचिव दान बहादुर ओलि निर्माण, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका कमिटी अध्यक्ष रतन शाही, सचिव प्रेम शाह, महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त मल्ल, बाँके जिल्ला अध्यक्ष हजरत अलि साइ, मुस्लिम मुक्ति मोर्चा नेपालगन्ज उपमहानगरपालिका कमिटी अध्यक्ष अल्फात खान लगाएतले सुभकामना मन्तव्य राखनु भएको थियो।

बेलाबाट कमिटीको उपाध्यक्षमा रज्जब अलि र गुरुदिन हरिजन, सचीव हरि गोसाइ, सह-सचिबमा सारिक सल्मानी, कोसाध्यक्षमा सुस्मिता बिक, सदस्यहरुमा बिजय सोनी, हिमाल परियार, रबि पासी, सद्दिक शेख, गुड्डु अन्सारी, चन्द्र बहादुर गोडिया, अर्जुन वाल्मीकी, प्रशान्त शर्मा, सुनिता चौधरी, ओम प्रकाश वाल्मीकी र परिमल घर्ती चयन भएकोमा बधाई तथा कार्यकाल सफल्ताको सुभकामना छ।