तपाँइ किन सफल हुनु भएन ? यस्ता छन् कारण

धेरैलाई लाग्नसक्छ म जति गर्दा पनि आफ्ना काममा सफलता प्राप्त गर्न सकिरहेको छैन । विश्वमा झण्डै ८ अर्ब मानिसहरु बसोबास गर्छन । तर उनमा जम्मा १ प्रतिशत मानिस मात्र सफल भएको पाइन्छ । तपाईं जस्तै ९९ प्रतिशत मानिसलाई पनि आफू किन सफल हुन सकिन भन्ने लागेको हुनसक्छ । पहिला विश्वमा भएका मानिसहरु प्रकारबारे व्याख्या गरौं ।

१) न्यून फोकस र न्यून ऊर्जा  :

मानिसको जीवनमा लक्ष्य आवश्यक छ र उक्त लक्ष्य स्पष्ट हुनुपर्छ । लक्ष्य प्राप्तिका लागि फोकस हुनुपर्छ । स्पष्ट लक्ष्य नहुने र स्पष्ट फोकस नहुने मानि असफल हुन्छ ।

२) कम फोकस र उच्च ऊर्जा  :

धेरै मानिसहरू यस श्रेणीमा पर्छन् । उनीहरु लक्ष्यमा स्पष्ट हुँदैनन् तर मिहिनेत धेरै गर्छन् । लक्ष्य विनाको मिहिनेतको कुनै काम छैन ।

३) उच्च फोकस र न्यून ऊर्जा  :

यस प्रकारका मानिसहरू कुनै पनि कामलाई सोच्न सक्छन्, योजना बनाउँन सक्छन् तर योजनालाई कार्यान्वयन गर्दैनन् ।

४) उच्च फोकस र उच्च ऊर्जा  :

केवल १० प्रतिशत मानिसहरु यो श्रेणीमा छन् । यो श्रेणीमा भएका मानिसहरुमा सही लक्ष्य हुन्छ, केही गरौं भन्ने एक जुनून पनि हुन्छ, यस्तो मानिसहरु निरन्तर काममा सक्रिय हुन्छन् । यीनीहरु सफलहरुको लिष्टमा दर्ज हुन लायक हुन्छन् ।

यदि तपाईं सफल हुन चाहनुहुन्छ भने, पहिले तपाईं कुन श्रेणीमा पर्नु हुन्छ पहिचान गर्नुहोस् र त्यसपछि आफूलाई चौथो श्रेणीमा राख्ने प्रयास गर्नुहोस्। अब हेरौं मानिसलाई सफल हुन नदिने पाँच कारणहरु ः

१) आफ्नो पहिलो असफलताबाट निरुत्साहित हुनु : यहाँ धेरै व्यक्तिहरू छन् जसले आफ्नो पहिलो असफलताबाट निराश हुन्छन् । फेरि प्रयास गर्दैनन् । त्यो काममा फेरि असफल हुन्छु कि भन्ने डर सधैं लाग्थ्यो ।

२) काम स्थगित गर्नु : कोही मानिस यस्ता हुन्छन् जो कुनै कामको बारेमा योजना बनाउँछन्, केही समय काम गर्छन् । असफल हुने डरले त्यो कामलाई बिचैमा छोडिदिन्छन् । उनीहरूले सफलता पाउँदैनन् । हरेक काम समयमै गर्नुपर्छ ।

३) आफ्नो कम्फर्ट जोनबाट बाहिर नजानु : मानिसलाई लाग्छ, म यो गर्छु, त्यो गर्नेछु तर तिनीहरूले केही गर्दैनन्। तिनीहरूले आफ्नो कम्फर्ट जोनमा बस्छन् । रमाइलो गर्छन् । रिक्स मोल्न चाहदैनन् ।

४) जसको कुनै लक्ष्य हुँदैन : धेरै मानिसहरूको जीवनको लक्ष्य नै हुँदैन । उनीहरूले जीवनमा ध्यान केन्द्रित गर्न कुनैपनि कुरा फेला पारेका हुँदैनन् । त्यस्ता मानिसहरू कुनै दिशा बिना आकाशतिर उड्ने चराहरू जस्तै हुन्छन् । यस्ता दिशाहीन मानिस जीवनमा कहिल्यै सफल हुँदैनन् ।

५) अरुको असफलताको आलोचना गर्ने : धेरै मानिसहरु अरुको असफलता देखेर खिल्ली उडाउँछन् । उनीहरुलाई असफल व्यक्तिलाई प्रोत्साहन दिन छोडेर आलोचना गर्छन । तर उनीहरु आफैले त्यत्ति गर्ने प्रयास पनि गरेका हुँदैनन् । त्यस्ता मानिसहरूले अरूको आलोचना गर्दै आफ्नो जीवन बिताउँछन्।

तसर्थ, लक्ष्य बनाउँ, लक्ष्य प्राप्तिका लागि कडा परिश्रम गरौं, कुनै पनि काम गर्दा रिक्स मोल्ने आँट गरौं, एउटा असफलताबाट निरास नहोऊँ, कामलाई स्थगित नगरौं, अरुको आलोचना गर्न छोडेर आफ्नो काममा केन्द्रीत होऊँ । यत्ति गरेको खण्डमा तपाईंको नाम पनि १ प्रतिशत मानिसको लिस्टमा दर्ज हुनेछ ।मोटिभेटन्युजबाट