पत्रपत्रिका Archive

सीसीटीभी प्रकरणको रिट दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले अर्थमन्त्रालयको सीसीटीभी प्रकरणसम्बन्धी रिट निवेदन दर्ता गर्न आफ्नै प्रशासनलाई आदेश दिएको छ । न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको इजलासले रिट निवेदन दरपीठ (अस्वीकृत) हुने सर्वोच्च अदालत प्रशासनको आदेश बदर

रूसी सेनामा कार्यरत अर्का एक नेपाली युवाको मृत्यु
काठमाडौँ । रूसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । दोलखाका राजकुमार रोक्काको आइतबार रसिया र युक्रेनको भिडन्तमा मृत्यु भएको उनका साथी प्रदीपकुमार गिरीले जानकारी दिएका छन् । रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना

डा. नेम्वाङको रिसर्च टोलीलाई नासाद्धारा चार करोडको अवार्ड
काठमाडौं । अमेरिकस्थित ह्युस्टन विश्वविद्यालयका प्रोफेसर डा. तेज नेम्वाङको रिसर्च टोलीले अवार्ड पाएका छन् । अन्तरिक्षमा प्रयोग हुने पदार्थ तथा अन्तरिक्ष यात्रीमा सन्तुलित रुपमा हुनुपर्ने सुक्ष्म जीवाणुको अन्वेषणको लागि ह्युस्टन विश्वविद्यालयका प्रोफेसर डा. नेम्वाङको टोलीलाई नासाले

जाजरकोट भूकम्प : चिसोबाट २५ वर्षीया सुत्केरीको मृत्यु
जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार

गुलरियामा आगलागी हुँदा ४ जनाको मृत्यु
नेपालगञ्ज । बर्दियाको गुलरियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । जिल्लाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा शुक्रवार राती करिब १० बजेतिर आगलागी हुँदा चार जनाको मृत्यु भएको हो बर्दिया प्रहरीले जानकारी दिएको

चार महिनामा व्यापार घाटा साढे चार खर्ब नाघ्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब

संयुक्त अभ्यासका लागि नेपाली सेनाको टोली भारत प्रस्थान
काठमाडौँ । भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, निजी जमिनमा विना अनुमति मार्न पाइने
काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने

गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु
गाजा । इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु हुनाका साथै थुप्रै घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । ‘मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनहरूमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको

लप्सीफेदी सबस्टेसनमा प्रहरी पोष्ट
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पटकपटक वार्ता र संवाद गरिए पनि सहमति नभएपछि सरकारले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ लप्सीफेदी क्षेत्रमा निर्माणाधिन सबस्टेसन र प्रसारण लाइन निर्माणको सुरक्षार्थ प्रहरी पोष्ट राख्ने निर्णय गरेको छ । जिल्ला