समाचार Archive

आजदेखि विधुतीय राहदानी, के-के छन् सुविधा ?

काठमाडौं, राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दै छ ।परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार अपराह्न राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम छ । शुरुमा दैनिक सीमित संख्यामा

कस्तो रहनेछ आजको मौशम ?

काठमाडौं, हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज नभएसम्म संघर्ष निरन्तर बढ्छ : विप्लव

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गराउँदा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्न माग गरेको छ। त्यस्तै, कार्यकर्ता पक्राउ गरी दमन गरेको भन्दै पार्टीले विरोध जनाएको छ। त्यस्तै, मूल्य वृद्धि र महँगी जनताको हितविपरीत

‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा प्रधानमन्त्री देउवाको हस्तक्षेप

काठमाडौं, नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ गर्ने तयारीमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय

गद्दाफीका छोरा राष्ट्रपति पदका लागि लड्ने

एजेन्सी, लिबियाका पूर्वनेता मुअमर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफी देशमा आगामी डिसेम्बरमा हुन लागेको निर्वाचनमा राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगका पदाधिकारीले जानकारी दिएका छन् ।‘सैफ अल–ईस्लाम अल गद्दाफीले सेबाहमा रहेको उच्च राष्ट्रिय निर्वाचन

यस्तो छ काँग्रेसको महाधिवेशन कार्यक्रम तालिका

काठमाडौं, नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेको छ । आइतबार काँग्रेस निर्वाचन समितिले उक्त कार्यक्रम तयार गरेको हो ।समितिले महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु गर्ने तय गरेको छ । महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता

दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौं, आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू

कोहलपुरको चौराहमा विप्लव नेकपाको एक घण्टे चक्काजाम (हेर्नुहोस १६ तस्विरमा)

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी बाँकेले पेट्रोलियम पदार्थमा गरिएको चरम मूल्यवृद्धिका विरुद्ध चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत आइतबार एक घन्टा चक्काजाम गरेको छ ।बिहान १० बजेदेखि ११ बजेसम्म पश्चिम नेपालको मुख्य ढोकाको रुपमा रहेको बाँकेको कोहलपुर चौराहमा एक

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने

विराटनगर, विराटनगर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।विश्वासको मत लिनका लागि दुई दिनअघि प्रदेशसभामा सचिवालयमा सूचना दर्ता गर्नुपर्ने प्रवधान आइतबार सूचना दर्ता गराइएको हो ।

आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र