माओवादी केन्द्र डुडुवा गाउँपालिकाको अध्यक्षमा भोला यादव

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र डुडुवा गाउपालिका अधिवेशनले भोला यादव निर्वातित भएका छन् । शनिबार सम्पन्न सम्मेलनले यादवको अध्यक्षतामा सर्बसम्मत निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा मनविर थापा, दयाराम यादव, पहलसिंह बिक, सचीवमा प्रेमा कुमारी शाही, सह-सचिवमा कालू गिरी, कोषाध्यक्षमा फैमुद्दिन खान लगायत ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सम्मेलनमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अतहर हुसेन फारुकीको लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।