माओवादी केन्द्र जानकी गाउँपालिकाको अध्यक्षमा बर्मा

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जानकी गाउँपालिका अध्यक्षमा रक्षाराम बर्मा निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न गाउँपालिकाको दोस्रो सम्मेलनले बर्माको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिती निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा किस्मत अलि शेष ‘जित’, रामप्रकाश दर्नाल र कृष्णकुमार शर्मा, सचिवमा नारायण गिरी, सह-सचिवमा पुष्पा खटिक र कोषाध्यक्षमा सबिता सुनार निर्वाचित भएका छन ।

सम्मेलनलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नबिन शर्मा, बिकास खड्का, वाइसिएल बाँके इन्चार्ज किस्मत अलि शेष लगायतले सम्बोधन गरेका थिए ।

सम्मेलनका तस्विरहरु