पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीले लिए

भीम रावलको आपत्ति

काठमाडौँ, नेकपा एमालेको जारी १० औं महाधिवेशनबाट चुनिने नयाँ कार्यसमिति अब अध्यक्ष ओलीले आफै छान्ने भएका छन् ।

शनिबार बन्दसत्रले ओलीलाई सर्वाधिकार दिने निर्णय गरेको छ । उपमहासचिब विष्णु पौडेलले ओलीलाई सर्वाधिकार दिने प्रस्ताव बन्दसत्रमा राखेका थिए । सो प्रस्ताव ताली बजाएर पारित गरिएको छ ।

ओलीले सबै अधिकार आफूमा केन्द्रित गरेर पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार आफूमा लिएपछि अब चुनाव नहुने र प्रतिस्पर्धा गर्न चाहनेले प्रतिस्पर्धा गर्न नपाउने देखिएको छ ।

यसरी ओलीलाई सर्वशक्तिमान बनाउने निर्णयप्रति उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनले प्रस्पिर्धा गर्ने अधिकार खोसिएको भन्दै आपत्ति जनाएका छन् ।

दर्जनौँ नेताहरुले पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका थिए भने सयौँले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका थिए । तर, अब ओलीले आफ्नो खल्तिबाट नाम निकाले पद बाँड्ने भएका हुन् ।