समाचार Archive

कोहलपुरमा रहेका ६७ जना भारतीयको र्‍यापिड टेष्ट रिपोर्ट नेगेटिभ

नेपालगञ्ज, चितवनबाट १२ दिन लगाएर बाँके आइपुगेका ६७ जना भारतीयको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ। भारत नानपाराका उनीहरु लकडाउनको बीचमा हिडेर बाँके आइपुगेका थिए। उनीहरुलाई स्थानीय प्रशासनले हवल्दारपुरस्थित राम माविमा क्वारेन्टाइन बनाएर राखेको छ। उनीहरुको आइतबार

भालुवाङको जंगलमा भेटियो बम, नेपाली सेनाद्वारा डिस्पोज

भालुवाङ,  दाङको देउखुरीमा बम फेला परेको छ । आइतवार विहान करिव ११ बजेको समयमा राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित रामजहदी सामुदायिक बनको हाताभित्र एच. इ बम फेला परेको छ । आइतबार बिहान सामुदायिक बनका उपभोक्ताहरुले

दक्षिण कोरियाले भन्योः उत्तर कोरियाका नेता किम जोङ जीवितै छन्

काठमाडाैँ, मृत्युको हल्ला चलिरहेका बेला दक्षिण कोरियाले उत्तर कोरियाका नेता किम जोङ उन जीवितै रहेको बताएको छ। मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहित विभिन्न खाले हल्ला फैलिएका बेला दक्षिण कोरियाले उनी स्वस्थ नै

भारतमा कोरोनाबाट ८ सय ८५ जनाको मृत्यु, संक्रमित २७ हजार ८ सय ९०

काठमाडौं, तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा ८ सय ८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ । पछिल्लो एक सातामा मात्रै ३ सय २१ जनाको मृत्यु

को बन्लान् ओलीको विकल्प ?

काठमाडाैँ, अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरेका छन् । स्थायी कमिटीका बहुमतभन्दा बढी सदस्यले प्रधानमन्त्री ओलीका पछिल्ला कदममाथि प्रश्न उठाउँदै बैठक

नेकपामा चुलियो विवाद : यस्तो छ शीर्ष नेताहरूको तयारी…

काठमाडाैँ, अध्यादेश प्रकरणले शीर्ष तहमै टकराव र ध्रुवीकरण बढेपछि नेकपाका प्रमुख तीन नेता छलफल र परामर्शमा जुटेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल आइतबारबाट

अझै दुई हजार नेपाली भारतीय क्षेत्रमै अलपत्र

काठमाडौँ,  लकडाउनका कारण सुदूरपश्चिमसँग सीमा जोडिएका भारतका विभिन्न स्थानमा अझै झन्डै दुई हजार नेपाली रोकिएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार भारततर्फ अझै २०३ जना नेपाली रोकिएका छन् । उनीहरूलाई नेपाल ल्याउन पहल

द्वन्द्वकालका घटनामा माफी अस्वीकार्य

काठमाडौं, दसवर्षे द्वन्द्वकालका गम्भीर घटनामा सत्यनिरुपण तथा मेलमिलाप आयोगले माफी दिन सक्ने कानुनी व्यवस्थाको औचित्य सर्वोच्च अदालतले समाप्त गरिदिएको छ । सरकारले दिएको पुनरावलोकन निवेदनलाई पाँच न्यायाधीश संलग्न बृहत् इजलासले आइतबार खारेज गरेपछि उक्त कानुनी व्यवस्थाको

थप एकजनामा भेटियो कोरोना, संक्रमितको संख्या पुग्यो ५२

काठमाडौं, झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार ती व्यक्तिको काेसी अस्पताल विराटनगरमा भएको परीक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। उनी ५० वर्षीय पुरुष हुन्। अस्पतालको

१० दिन थपियो लकडाउन, वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, सरकारले वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले चैत ११ देखि जारी लकडाउनलाई वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेको हो। सरकारले पछिल्लोपटक थप गरेको समयावधि सोमबार सकिँदै थियो ।