ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल भइरहेको छ।

नेकपाका नेताहरुले स्थायी समितिको बैठक बोलाउन माग गरेपछि प्रधानमन्त्री ओलीलाई समस्या परेको छ। स्थायी समितिमा अल्पमतमा रहेका ओलीले बैठकअघि माधवकुमार नेपाल समूहलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेको बताइएको छ।

ओली र नेपाल समूहबीच हिजो भएको वार्ता असफल भएको थियो।

आज बोलाउने भनिएको नेकपाको सचिवालय बैठक पनि निश्चित भइसकेको छैन। हिजो ओली र नेपाल समूहबीचको छलफलमा आज सचिवालय बैठक बोलाउने समझदारी भएको थियो।