यो कोरोनाको अवसर र त्यो समाजवादको बाटो

 

जुनसुकै चुनौतिको जन्मसँगै त्यसले अवसरको बाटो पनिसँगै लिएर आएको हुन्छ । सन् २०१९ को डिसेम्बरमा चिनको उहानबाट शुरू भएको भनिएको नोबल कोरोना भाइरसको विश्वव्यापी महामारीको फैलावट हाल संसारको सबै देशहरूमा फैलिएको छ ।

लाखौ मानिसहरूले संक्रमण र मृत्युवरण गर्नुपरेको अवस्था छ । यसको फैलावट हुन नदिन नेपाल सरकारले संसारका अरू देशमा जस्तै नेपालमापनि २०७६ चैत्र ११ गते देखि लकडाउनको घोषणा गरेको छ । कामकालागि सहरहरूमा रहेका ग्रामीण जनताहरू शुरूमा केही घरघरमा आए तर अधिकांशलाई लकडाउन यति धेरै नहोला भन्ने अनुमान थियो ।

तर जब लकडाउन लम्बिदै गयो,काम, पैसा र खानापनि नभएपछि उनीहरूमा आतेश पैदा भयो र घर जान छट्पटाउन थाले । कति खाईनखाई पैदलनै धेरै दिन हिँडेर घर पुगे, कोहीविभिन्नव्यक्ति, स्थानीय सरकार र निकायहरूले गाडीहरूको बन्दोबस्त गरेर घरसम्म आइपुगेका छन्। अझै यो क्रमजारीछ ।

स्थानीय निकायको यो कार्यलाई पनिदुवै कोणबाट हेर्नु पर्ने र मूल्याङ्कन गर्नु पर्ने हुन्छ । एक, प्रधानमन्त्री र गृहमन्त्री जन सामान्यलाई घरभित्र बसेर लकडाउनमा सरकारलाई मद्दत गर्न टिभिबाट सन्देश दिँदै गर्दा उहाँकै केहीमन्त्रीहरू र केही स्थानीय निकायका प्रमुखहरूले भने आफ्ना खर्चमा आफ्ना भोटरहरूलाई गाउँ लगेको भन्ने पनि राजधानीबाट निस्कने अनलाइन र पत्रपत्रिकाहरूले टिप्पणी समेत गरे ।

बास्तवमा सरुवा रोगको महामारीका बीच यो जनतागाउँ लैजाने शैली त्यति निको थिएन । हुन त नेपालमा अहिले कसले कसलाई भनेको र टेरेको अवस्था छ र ? सबै आफैँ नायक÷खलनायक जस्ता भएका छन् । तैपनिभोकले राजधानीवा ठूला सहरमा तडपिएर मर्नु भन्दा आफ्नो गाउँठाउँमा चिसो हावापानी खाएरै मर्न तम्सिए जनताहरू पनि ।

दोस्रो, तीजो गाउँ फर्किएका जनमानस या मजदुरहरू थिए जो कोही पनि अहिले ती प्रायःहोम क्वारेन्टाइनमा नबसी सानले आ आफ्ना गाउँ डुलेर खाइरहेका छन्र  बेलाबेलामा फेसबुकमा तिनीहरूले हालेका विभिन्न अवस्थाका तस्वीरहरू भाइरल पनि भइरहेका छन् । 

आफ्ना नागरिकहरू बन्धुबान्धवहरूलाई सफल रूपमा घर ल्याउनका लागि र ठाउँ ठाउँमा खाना र बासका प्रबन्ध गर्नुहुने स्थानीय सरकारहरू, जनप्रतिनिधीहरू, सर्वसाधारण जनताहरू, तथा संघ संस्थाह रूधन्यवाद्का पात्र हुनुहुन्छ ।

समाज र जनताप्रतिदायित्वबोध गरेर यस कठीन घडीमा सामाजिक सेवाको उच्चतम नमुना प्रदर्शन गर्नु हुने सबै तह र तप्काका महानुभावहरूमा नेपाली जनताहरूका तर्फबाट आभार व्यक्त गरिनु पर्दछ । 

यही मेसोमाअब स्थानीय सरकारहरूले आफ्नो आत्मनिर्भर अर्थतन्त्र बनाउने मौका छोप्ने अति विशिष्ट अवसर जो मिलेको छ । हाल कामका सिलसिलामा जिल्ला र देशबाहिर रहेभएका नागरिकहरू तर अहिले घरमा भएकाहरूलाई केन्द्र विन्दुमा राखेर रोजगारमूलक आयोजनाहरू कसरी सञ्चालन गर्न सकिन्छ भनेर योजना बनाउन शुरू गर्नु पर्दछ ।

मानव संसाधन नै विकासका लागि चाहिने सबैभन्दा महत्वपूर्ण स्रोत हो । हाम्रा श्रम योग्य शक्तिहरू अधिकांश गाउँ छोडेर कि देश भित्रकै सानाठूला सहर कि विदेशमा खुनपसिना एकठ्ठा गरी परिवार र देशको मुहारमा कान्ति छरिरहेका छन् ।

अहिलेको श्रम गर्न सक्ने यो जनशक्तिलाई अहिले उपयोग गर्न सकिएनभने आउदो ३० वर्ष हाम्रो गाउँघर वृद्धवृद्धाको मात्र बस्ती हुनेछ । कामगर्ने अधिकाशं उमेर विदेशमा परिश्रम गरेर फर्केका जनताको बाहुल्यता हुनेछ, जसलाई भविष्यको हाम्रो देशको समाजवाद उन्मुख सरकार अकण्टक रूपमा वृद्धभत्ता मात्र बाँडेर बसिरहेको हुनेछ । जुन देशका लागि प्रत्युत्पादक मात्र हुनेछ । 

गाउँ उजाड छन्, खेती योग्य जमिनहरू बाँझा छन्, के यसबेला हाम्रा खेती योग्य, फलफूल, जडिबुटी, उमार्न सकिने जमिनहरूको तथ्याङ्कसँगै कृषि,पशु, वन र विकास विशेषज्ञहरूसँगको सहयोगले जग्गाहरूको चक्लाबन्दी गरेर आधुनिक कृषि प्रविधिलाई भित्र्याउन सकिएला ? कृषि फसल र पशुको वीमा, भण्डारण र बजारको व्यवस्था, उचित मूल्यको व्यवस्था, वीउ, खेर गएका वस्तुहरूबाट कम्पोष्ट मलहरूको प्लान्ट, रासायनिक र अर्गेनिकमलआदिको व्यवस्था गरेर कृषिमा जागरण ल्याउन सकिएला ?

कृषि, जडिबुटी, पशुपालनमाआधारित उद्योग तथाअन्यउद्योग धन्दाको विकास,आफ्ना क्षेत्रमाभएका सानाठूला नदी र खोलाहरूबाट सानाठूला विद्युत्आयोजनाहरू निर्माण गर्न सकिएला?आफ्नो क्षेत्र भित्र भएका पर्यटन र प्राचीन संस्कृति र कलाहरूको जगेर्ना गर्दै त्यसलाई पर्यटन उद्योगमा प्रवद्र्धन गर्न या उपयोग गर्न सकिएला त ?

अधिकांश गाउँहरूबाट नागरिकहरू असल शिक्षा र स्वास्थ्य सेवाका लागि सदरमुकाम र सहरतिर झर्दछन् । शिक्षा विशेषज्ञहरूको सहयोग लिएर हरेक स्थानीय सरकार मातहत रहेका क्षेत्रहरूमा के व्यवसायिकशिक्षा सहितको कम्तिमापनि १२ कक्षासम्मकाविद्यालयहरूको व्यवस्थागर्न सकिएला ? वस्तीहरू छरिएर रहेका र सबै ठाउँमा विद्यालय पु¥याउनन सकिने भएकाले कम्तीमा कक्षा ८ (आधारभूततह) सम्म घर नजिक पायक पर्ने गरी र त्यसभन्दा पछि कुनै नजिकको स्थानीय गाउँठाउँको केन्द्रमापारेर गुणस्तरीय, प्रविधिमैत्री, आवासीय भवन र विद्यार्थीहरूको पोषणको समेत ख्याल राखेर विद्यालय नजिकै होस्टलहरू बन्दोबस्त गर्न सकिएला त ?

आजको यो कोरोनापछिको परिस्थितिले हामीलाईयसमा केही समय घोत्लन पर्ने अवस्था सिर्जना गरेको छ ।

स्वास्थ्य व्यवस्थापन, जनस्वास्थ्य, चिकित्सा, नर्सिंङ् आदि विशेषज्ञहरूको सहयोगमा प्रतिकारात्मक तथा उपचारात्मक स्वास्थ्य सेवा समेतलाई ध्यानमा राखेर अस्पताल सहित जनस्वास्थ्यसंँग सरोकार राख्ने सबै विधाहरूको बन्दोबस्तगर्न सकिएला ?

त्यस्तै के स्थानीय स्तरमै विभिन्न स्तरकाचिकित्सक, नर्स, प्यारामेडिक्स र अन्य स्वास्थ्यकर्मीहरू उत्पादनगर्न छात्रवृत्तिहरूको व्यवस्था गर्न सकिएला?के आफ्ना क्षेत्रभित्र विद्यालय र अस्पताल पुग्ने पक्की तथाग्य्राबेल बाटाहरू, एम्बुलेन्स र यातायातका साधनहरूको बन्दोबस्त मिलाउन सकिएला?

के स्थानीयना गरिकहरूकै सहभागितामा सडक, सिँचाई, खानेपानी, जलविद्युत्का अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउन सकिएला ? यी सबै कार्यहरूमा स्थानीय नागरिकहरूको प्रत्यक्ष सहभागिता रहेमा अपनत्वको विकास हुनेछ । आफ्नो गाउँलाई हराभरा पार्ने र विकासमा योगदान गर्ने वातावरण तयार भयो भने नागरिकहरू आफ्नो गाउँ ठाउँमै रमाएर बस्नेछन् भन्ने अनुमान गर्न सकिन्छ ।

आफ्नो परिवार र घर छोडेर हिँडन कसैलाइ रहर हुन्न, यो मानवीय मनोविज्ञान हो तर बाध्यताले जीवनबाँच्न घर छोडने निर्णय लिनुपर्दछ ।
हामी राष्ट्रि«यताका धेरै कुराहरू गर्छौ, जबसम्म देश र समाजमा भएका समस्याहरूमा सामूहिक रूपमा समाधान गर्न लागिपर्ने र समाधान गर्ने तथा आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमाजान सक्दैनौ तबसम्म राष्ट्रियतालाई सुदृढ गर्न सकिन्न ।

आजको यो कोरोनापछिको परिस्थितिले हामीलाई यसमा केही समय घोत्लन पर्ने अवस्थासिर्जना गरेको छ । त्यसैले हाम्रा समस्याहरूलाई हामी नै मिलेर समाधानगर्ने र आत्मनिर्भर हुनकालागि परिश्रम गर्ने अठोट अहिले सिर्जना गर्न सके हाम्रो राष्ट्रियताको जरा मजबुत हुनेछ ।

त्यस्तै यो समस्याहरू समाधानका लागि जो एकताको भावना,संलग्नता, त्याग, समर्पण, जाँगर र आँट नागरिकहरूमा हुनेछ । यसले लोकतन्त्रको सुदृढीकरण र विकासमा टेवा पु¥याउने छ । यी कार्यहरूमा हुने परिश्रम, रोजगारी, आत्मनिर्भरता र एकले अर्कालाई गर्ने सहयोगात्मक भावनाका सहायताले समाजवादको बाटोमा हिँडन डो¥याउनेछ ।

यसरी राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्ता कोरा शब्दहरूलाई व्यवहारिक रूपमाकर्म गरी देखाउने अवसर कोरोनाले हामीलाईप्रदान गरेको छ । यसलाईकति सकिन्छ तन मन र धनले कार्यरूप दिने मार्गमापाइला सार्यौंभने यीशब्दहरू भाषणका विषय मात्र हुने छैनन्, नेपाली माटोमा हुर्कन सक्ने सिद्धान्तका रूपमा प्रतिस्थापित हुनेछन् । अतअवसर प्राप्त छ, यो अवसरको भरसक हामी सानो तहदेखि ठूलो तहसम्म बसेका र देशसेवा गर्छौं भन्ने सबैले सक्दो सदुपयोग गरौं । 

निर्देशक, तामाकोसी सहकारी अस्पताल
मन्थली, रामेछाप ।