समाचार Archive

२४ घण्टामा ३१४२ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं,पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य

थप २० संक्रमितको मृत्यु, मृतकको संख्या १००४ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।

विश्वभर ३ करोड ४० लाख मानिस कोरोना संक्रमणमुक्त
एजेन्सी, कोरोनाबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरि ३ करोड ४० लाखभन्दा बढी पुगेको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबार सम्ममा विश्वभरि ३ करोड ४० लाख ६० हजार २४१ जना कोरोना

सेती पुलमा मृतावस्थामा भेटिए एक वृद्ध
डोटी, डोटीको दिपायल सिलगढी नगरपालिका–१ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन् । मजदुरी गरेर पेट पाल्दै आएका साउद आज बिहान सेती पुल नजिक मृतावस्थामा फेला परेको इलाका प्रहरी

बड्हरा–खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङगे पुल बन्दै
भालुवाङ, लुम्बिनी प्रदेशको राजधानी गढवा गाउँपालिका वडा १ बडहरा र राप्ती गाउँपालिका ३ खुरुरीया जोड्ने राप्ती नदीमा नेपालको तेस्रो लामो झोलुङगे पुल निर्माण कार्य सुरु भएको छ । सो पुलको लम्बाई ८ सय १८ मिटर र

सर्वोच्चको परमादेश सच्याउन माग गर्दै सरकारको तर्फबाट पुनरावलोकन निवेदन
काठमाडौँ, सर्वोच्च अदालतले “कोरोना संक्रमितको निशुल्क उपचार गर्नू” भन्दै दिएको परमादेश सच्याउन माग गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुनरावलोकन निवेदन दर्ता गराएको छ। महान्यायाधीवक्ताको कार्यालयमार्फत मन्त्रालयले सोमबार पुनरावलोकन निवेदन दर्ता गराएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

काठमाडौंको विभिन्न ठाउँमा भोलि बिजुली नआउने
काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले भोलि (मंगलबार) काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान

यौन शोषण गर्ने ६३ वर्षीय पुरुष पक्राउ
काठमाडौं, श्रीमतीको उपचारमा सहयोगीका लागि भन्दै भारत लगेर एक महिलालाई यौन शोषण गरेको अभियोगमा फरार रहेका एकजना पक्राउ परेका छन्। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले चितवनको भरतपुर महानगरपालिका–५ तोरीखेत भन्ने स्थानबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा लमजुङ

अफगानिस्तानको विश्वविद्यालयमा आतंककारी आक्रमण, १९ को मृत्यु
एजेन्सी, अफगानिस्तानको राजधानीस्थित काबुल विश्वविद्यालयमा आतंककारी आक्रमण भएको छ। सोमबार दिउँसो भएको आक्रमणमा १९ जनाको मृत्यु भएको र २२ जना घाइते भएको त्यहाँका सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन्। अधिकारीहरुका अनुसार आक्रमणमा तीन जना हतियारधारी सहभागी थिए।

मन्त्री ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
काठमाडौ, सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ । सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले