समाचार Archive

सरकारका एकपछि अर्को गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो
काठमाडौँ , नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन् । बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टीमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी,प्राज्ञ र औषधि विज्ञानका हस्ती छन् । कार्यदल गठनपछि विज्ञप्तिमार्फत

ओलीले नटेरेपछि दाहालले फेरि समय थपे
काठमाडौँ ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका छन् । कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार ओलीलाई

प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन
लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ

दर्ताविनै सेटिङमा चल्दै क्रसर उद्योग
३७ जिल्लामा रहेका २ सय ७९ क्रसर उद्योगमध्ये १ सय १ वटा क्रसर उद्योग दर्ता नै नभई अवैध रूपमा सञ्चालन भएको पाइएको छ । मंगलबारसम्म अद्यावधिक विवरणअनुसार ३७ वटा विभिन्न जिल्लाबाट प्राप्त क्रसर उद्योगको विवरणमध्ये कुल

नागढुंगा सुरुङ निर्माण धमाधम
नागढुंग,सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पु¥याएको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि रोकिएको काम पुनः सुरु भएर अघि बढेको हो ।

बिहीवार सचिवालय बैठक बोलाउन ओलीलाई प्रचण्डको प्रस्ताव
काठमाडौं , नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् ।मंगलबार दिउँसो ओलीलाई भेटेर दाहालले बिहीबार बैठक बोलाउने विषयमा सहमतिका आग्रह गरेका थिए ।

मोरङमा पछिल्लो १८ घण्टाभित्र कोरोनाबाट १० जनाको मृत्यु
मोरङ, मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । मृत्यु हुनेमा आठ पुरुष र दुई महिला रहेका छन्

धादिङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
काठमाडौं, धादिङलाई केन्द्रबिन्दु बनाएर आज (मंगलबार) दिउँसो ४ः२९ बजे भूकम्प गएको छ । धादिङको छत्रेदेउराली केन्द्रबिन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पले राजधानी काठमाडौंलगायत आसपासका
लागु औषधसहित पर्सामा दुईजना पक्राउ
पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध सहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर बस्ने २० वर्षिय रोशन साह र चन्दन कुशवाहा रहेका छन् । सूचनाको अधारमा वीरगंज महानगरपालिका वडा

२४ घण्टामा २ हजार ७३६ संक्रमित थपिए, ८५३ संक्रमणमुक्त
काठमाडौंआज मंगलबार देशभर २ हजार ७३६ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप २ हजार ७३६ जनालाई कोरोना पुष्टि भएको छ। २४ घण्टामा ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै निको

