मुख्य समाचार Archive

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन् ।शनिबार कोरोना भाइरसलाई जित्दै अस्पतालबाट डिस्चार्ज भएको कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन् । भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोइराला होम

हतुवागढी गाँउपालिकाको उपाध्यक्ष राईको निधन

काठमाडौँ, भोजपुरको हतुवागढी गाँउपालिकाको उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । शुक्रबार राति ४७ वर्षको उमेरमा निधन भएको हो । भदौ २९ गते ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा भर्ना भएकी राईलाई जन्डिस र रक्तचापको कमी

संविधान सहमतिको दस्तावेज बनेको छः मुख्यमन्त्री पोखरेल

बुटवल, मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन। संविधान दिवसको अवसरमा आज (शनिबार) दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा

गण्डकीमा थप १५ जना सङ्क्रमित

गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए

चितवनमा सर्पले डसेर एक जनाको मृत्यु

चितवन, चितवनमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । दुई जना उपचारका क्रममा रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा

संविधान दिवसको अवसरमा दाङबाट १७ जना कैदीबन्दी छुट्दै

 दाङ, संविधान दिवसको अवसरमा दाङबाट १७ जना कैदीबन्दी रिहा हुँदै छन् । दिवसको जिल्लाको घोराही कारागारबाट ११ जना र तुलसीपुर कारागारबाट ६ जना कैदी बन्दी रिहा हुन लागेको हुन् ।असल आचरण भएका, नकारात्मक सुचीमा नपरेका र

फोन चोरेर ‘सेल्फी’ खिच्ने बादर

एजेन्सी, मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडिओ फेला परेको बताएका छन्। जाक्रिद्ज रोद्जी नामक २० वर्षीय ती विद्यार्थीले बाँदरले फोन खान खोजे जस्तो देखिने भिडिओसहित सामग्रीहरू ट्विटरमा हालेपछि

संबिधान दिवसको अबसरमा सुर्खेतमा बृहत रक्तदान कार्यक्रमको आयोजना

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा बृहत रक्तदान कार्यक्रमको आयोजना भएको छ ।नेपाल रेडक्रस सोसाइटिको समन्वयमा नेपाल मानव धर्म समिती कर्णाली क्षेत्र आश्रम सुर्खेतको आयोजनामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरीएको हो । संबिधान दिवस तथा सद्पाल

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

रुपन्देही,रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आइसियुमा उपचार गर्दागर्दै थप एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–१० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् । उनी

मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा छ : राष्ट्रपति भण्डारी

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा