मुख्य समाचार Archive

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ । नेपालमा थप २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ,  नेपालमा थप २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ६३८ जनामा संक्रमण देखिएको हो । योसँगै

भारतीय सेनाध्यक्ष नेपाल आउँदै

काठमाडौँ, भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरभाने नेपाल आउने भएका छन् ।नेपाली सेनाको जंगीअड्डा स्रोतका अनुसार नरभानेलाई कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउने गरी औपचारिक निमन्त्रणा पठाउन लागिएको हो । यसअघि नै नरभाने नेपाल आउने पूर्वनिर्धारित

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

चितवन, चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र

कर्णाली विवादबारे ओली-प्रचण्ड भेट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। कर्णाली प्रदेशमा देखिएको राजनीतिक समस्याको विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको थियो। कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ सांसदले अविश्वासको

खोलामा गाडिएको अवस्थामा शव फेला

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा गौडी खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास

मन्थली नगरपालिकामा कोरोना बढेपछि कार्यालय बन्द

रामेछाप, जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय बन्द गरिएको छ । नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ्ग स्कूलका एक र प्राथमिक स्वास्थ्य

कार्तिक ७ गतेबाट नेपालमा क्लिन फिड लागु हुने

काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ । आज बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दै कार्तिक ७

आइपिएलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयर्ल्सबीच खेल हुँदै

एजेन्सी, युएईमा जारी आइपिएलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयर्ल्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार ७ः४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुनेछ । अंक तालिको दोस्रो स्थानमा रहेको दिल्लीलाई सातौँ स्थानमा रहेको राजस्थानले चुनौती दिन लागेको हो

नेपालगन्जकी उपमेयर थापामगरलाई कोरोना संक्रमण

बाँके, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उपमेयर थापामगरले जानकारी गराएकी छन । ‘२०–२५ दिन पहिलेदेखि रुघाखोकी लाग्ने