मुख्य समाचार Archive

सोह्रखुट्टेमा ग्यास विष्फोट
काठमाडौँ, काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ । विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ । विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । घटनाबारे जानकारी

ट्रम्पका छोरा ब्यारोनलाई कोरोना संक्रमण पुष्टी
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ ।प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू र छोरा ब्यारोनलाई

नवनियुक्त तीन मन्त्रीले लिए सपथ
काठमाडौं, नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहन गरेका छन । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन्। प्रधानमन्त्री

गाउँपालिकाको केन्द्र सार्न खोजेको भन्दै अध्यक्षमाथि कुटपिट
बैतडी, बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ ।

खोसियो ईश्वर पोखरेलको मन्त्रालय
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। बुधबार पुनगर्ठित मन्त्रिपरिषद्मा ईश्वर पाेखरेललाई हटाएर रक्षा मन्त्रालयको जिम्मेवारी ओलीले आफैंसँग राखेका हुन्। पोखरेल उपप्रधानमन्त्री यथावत् छन् भने उनको कार्यविभाजन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तोकिएको छ। त्यसैगरी

मन्त्रिपरिषद् पुनर्गठन : विष्णु पौडेललाई अर्थ मन्त्रालय
काठमाडौं, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गर्दै पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला,

ओली- प्रचण्डले घुस खाएको प्रमाणित गर्न बाबुरामलाई नेकपाको चुनौती
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाले बुढीगण्डकी जलविद्युत आयोजनामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार गरेको भनी लगाएको आरोप प्रमाणित गर्न डा बाबुराम भट्टराईलाई चुनौती दिएको छ । बुधबार प्रवक्ता नारायणकाजी श्रेष्ठले एक प्रेस

भारतमा भोलीबाट फिल्म हल खुल्दै
एजेन्सी, भारतका अधिकांश राज्यमा भोलीबाट हल खुल्दैछन् । करिब ७ महिना बन्द भएका हलहरु भोलीबाट संचालनमा आउने भएका छन । कुन चलचित्र रिलिज हुन्छन् भन्ने पनि चर्चा चलिरहेको छ । कोरोना महामारीभन्दा अगाडि प्रदर्शनको तयारीमा रहेका

सर्लाहीमा कांग्रेस कार्यकर्ताको झडप
सर्लाही, सर्लाहीमा कांग्रेसका नेता कार्यकर्ताको झडपमा परी दुई प्रहरी नायब उपरीक्षक डिएसपीसहित २२ प्रहरी घाइते भएका छन् ।आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसर घेराउ गर्न पुगेका कांग्रेसका कार्यकर्ताहरुलाई रोक्ने क्रममा झड्प भएपछि

उपत्यकामा थप १ हजार ४०३ जनामा कोरोना संक्रमण
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार मात्र

