प्रहरीलाई गोली हानि भागेका अपराधि पक्राउ

काठमाडौं, प्रहरीलाई गोली हानि भागेका एक अपराधि ६ वर्षपछि काठमाडौंबाट पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले झापा मेचीनगर नगरपालिका १२ का ३८ वर्षीय नरेश मेचेलाई पक्राउ गरेको हो।

अपहरण तथा ज्यान मार्ने उद्योगमा १७ वर्ष सजाय सुनाइएका उनलाई नयाँ बसपार्कस्थित होटल इनुबाट आइतबार पक्राउ गरिएको एक उच्च अधिकृतले जानकारी दिए ।मेचेले सुनिल कुमार अग्रवाललाई हतियार देखाइ बन्धक बनाएका थिए। उनीहरूले पन्सारीलाई एम्बुलेन्समा हालेर धरमपुर(२ स्थित हर्कबहादुर कन्दको घरमा बन्धक बनाएर राखेका थिए।

माघ २३ गते बन्धक बनाइएको अवस्थामा प्रहरीले अग्रवालको उद्दार गरेको थियो । सोही बेलामा अपहरणकारी र प्रहरीबीच गोली समेत हानाहान भएको थियो। अपहरणकारीको गोली लागेर एक जना प्रहरी कर्मचारी समेत घाइते भएका थिए।त्यसपछि झापा जिल्ला अदालतले नरेश मेचेलाई १७ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ।