अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
प्रकासित मिति : २०८३ आश्विन १, बिहीवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७:३५ बजे काठमाडौँबाट भारत प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण र विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। विपद्पछिको पुनर्निर्माणसहित दुई देशबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विषयमा छलफल हुने जनाइएको छ।
वाग्लेले भारतमा विभिन्न उच्चस्तरीय संवाद, औद्योगिक तथा प्राज्ञिक कार्यक्रममा समेत सहभागिता जनाउनेछन्। उनी शनिबार साँझ ४ बजे नेपाल फर्किने कार्यतालिका छ।

