मुख्य समाचार Archive

बुधबारदेखि छठपर्व शुरु
जनकपुर, धार्मिक पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटिरहेका छन् ।विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने

स्पेन र जर्मनीबीच प्रतिस्पर्धा
एजेन्सी, यूईएफए नेसन्स लिग फुटबलमा आज दुई ठुला प्रतिद्वन्दी स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । लिग ए को समूह डी मा रहेको स्पेनले घरेलु मैदानमा जर्मनीसँग सामना गर्न लागेको हो । खेल नेपाली समयानुसार राति १ः३०

भालुले भेडिगोठमै पसेर मार्यो १२ भेडा
जुम्ला, कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको छ । गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी

उपत्यकामा कडा लकडाउन गर्न माग
काठमाण्डौ, काठमाण्डौँ उपत्यका कोरोना भाइरसको केन्द्रविन्दु जस्तै बनेको छ । दिनहुं संयौंको संख्यामा संक्रमितहरु थपिइरहेका छन् । अहिले देशभरको संक्रमणमध्ये काठमाण्डौ उपत्यकामा ४६ प्रतिशत र बागमती प्रदेशमा देखिएका संक्रमण मध्ये ८५ प्रतिशत उपत्यकाका तीन जिल्लामा रहेको

काठमाडौँको चन्द्रागिरिमा १४ वर्षीया बालिका बलात्कृत
काठमाडौं, राजधानीको चन्द्रागिरिमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बलत्कारको आरोपमा एकजना एक पक्राउ परेका छन्। सोमबार साँझ साढे ६ बजे चन्द्रागिरि नगरपालिका २ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्। बलात्कारको आरोपमा हुम्ला ताजाकोट

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीलाई कोरोना
धनगढी, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिएका छन । कोरोनाको

मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै
काठमाडौं, अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।खेल ढाकास्थित बंगबन्धु रंगशालामा हुँदैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुने भएको छ

ट्रम्पले सहकार्य नगरे अझ नराम्रो परिणाम निम्तिन सक्छः बाइडेन
एजेन्सी, अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको संक्रमणकालीन टिमलाई सहयोग नगरे त्यसले नराम्रो परिणाम निम्त्याउने चेतावनी दिएका छन् । आफूहरुको टिमसँग ट्रम्प र उनको प्रशासनले राष्ट्रिय सुरक्षा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र खोप

नेकपा नेता बोमबहादुर खड्काको निधन
गुल्मी, नेकपा लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोमबहादुर खड्काको मृत्यु भएको छ । सोमबार राति १ बजे घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको मृत्यु भएको हो । स्व खड्का राजनीतिक तथा

कालिकोटमा एक युवाको भिरबाट खसेर मृत्यु
कालिकोट, पचाँलझरना गाउँपालीकामा एक युवाको भिरबाट खसेर मृत्यु भएको छ ।मृत्यु हुनेमा पचालझरना गाउँपालिका वडा नं ४ का शक्क रोकाया रहेका छन । शक्क रोकायाको यो वर्षको भाईटिका अन्तीम भाईटिका बनेको छ । जिल्लाको पचाँलझरना गाउँपालीका

