मुख्य समाचार Archive

अब कदापि राजतन्त्र फर्कदैनः महामन्त्री कोइराला

मोरङ, कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्केर नआउने बताएका छन् । विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा भने जोड दिएका छन् । कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी, हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका–वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको बताएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको

अर्काकी श्रीमती भगाएर लैजाने भारतीय पक्राउ

कञ्चनपुर, जिल्लाको बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमामा पक्राउ गरेको छ ।बेलौरी नगरपालिका–६

दीप वस्न्यात पक्राउ प्रकरणः प्रचण्डदेखि देउवालाई ओलीको सन्देश

काठमाण्डौ, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप वस्न्यातलाई अख्तियारकै उजुरी पछि विशेष अदालतले पक्राउ गरेपछि अब फेरि भ्रष्टाचारका ‘हाई प्रोफाइल’ काण्डहरुको फाइल खुल्ने आशंकामा राजनीतिक र प्रशासनिक क्षेत्रमा विभिन्न चर्चा प्रारम्भ भएको छ । अख्तियारमा अहिले ठूला भ्रष्टाचार

अलैंची बिक्रीबाट सवा १८ करोड आम्दानी

लमजुङ,  लमजुङका कृषकले यस वर्ष अलैंची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका छन् ।जिल्लामा उत्पादित ३ हजार ५ सय क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकहरूले यस्तो आम्दानी गरेको नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय

आज कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै

काठमाडौं । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा सहभगिताका लागि मास्क र

यस वर्षको एसईई पनि अन्योलमै

काठमाडौं, कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि

खोप लगाउन कोही नागरिक वञ्चित नहुने

काठमाडौं,  स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आवश्यक पहलहरू गरिरहेको बताए । उनले भने, ‘सरकारले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने तथा सबै नागरिकलाई

उखु खेती गर्न लिएको ऋण तिर्न घरवास बेच्दै किसान

सर्लाही,  सर्लाहीका सयौं किसान अहिले घरघडेरीसमेत जोगाउन नसक्ने अवस्थामा छन्, उनीहरूको ‘दोष’ यत्ति हो– उखु किसानीबाट उन्नति हुन्छ भन्ने विश्वास गरेका थिए । मल, बिउ मात्र होइन, जग्गा भाडाबापतको ऋण ३६ प्रतिशत ब्याजसहित बढिरहेको छ ।

जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका पसल बन्द गर्न आह्वान

एजेन्सि,  जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका सबै पसल, उद्योग, व्यवसाय, कार्यालय बन्द गर्न आह्वान गरिएको छ ।कोरोनाभाइरसको सङ्क्रमण अत्याधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारबाट अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन् ।