मुख्य समाचार Archive

मालपोतमा राजश्व हिनामिना

भरतपुर, मालपोत कार्यालय भरतपुर चितवनमा करोडौं राजश्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष २०७३–७४ तथा २०७४–७५ को करिब साढे सात करोड राजश्व हिनामिना भएको हो

नेपाली फुटबल टोली नौ महिनापछि बन्द प्रशिक्षणमा

काठमाडौँ, नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण सुरु गरेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोलीले बन्द प्रशिक्षण थालेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको थियो ।आगामी चैतमा तीन देशको टोलीसित

ओलीकै कारण राजावादी सडकमा आएका हुनः देउवा

काठमाडौँ, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण राजावादी सडकमा आएको बताएका छन् । मकवानपुरको हेटौंडामा विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै देउवाले ओली सरकारकै कारण सडकमा राजा आऊ, देश बचाऊको

सुकुम्बासी बस्तीमा आगलागी

काठमाडौँ, राजधानीको शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त तीनकुनेका अनुसार सोमबार दिउँसो ग्यास लिक भएर सुकुम्बासी बस्तीमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन दमकल,नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयवासी खटिएका

माछा मार्ने विषयमा झडप हुदा एक महिलाको मृत्यु

काठमाडौँ, सप्तरीमा सार्वजनिक पोखरीको माछा मार्ने विषयमा दुई पक्षबिच झडप भएको छ । झडपमा परि एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाका अनुसार जिल्लाको बोदे बर्साइन नगरपालिका-३ कसमार टोलस्थित सार्वजनिक पोखरीमा माछा मार्ने

सुर्खेतमा नेपाली कांग्रेस उत्रियो प्रदर्शनमा

सुर्खेत, बिरेन्द्रनगर सुर्खेतमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार मंगलगढि चोक देखि सुरु भएको र्‍याली बजार परिक्रम गरी विरेन्द्रचोक पुगेर कोण सभामा परिणत भएको थियो । कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, वरिष्ठ

सरकारविरुद्ध विरोध प्रदर्शनमा उत्रियो कांग्रेस

काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मुलुकका ७७ जिल्लामै सरकारविरुद्ध प्रदर्शन गरेको छ । कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रशासन र नेकपाले गरेको अवरोध, भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल

व्यवस्था र सरकारविरोधी गतिविधि मृगतृष्णा मात्रैः गृहमन्त्री

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले अहिलेको व्यवस्था र सरकारविरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको जनाएका छन् ।  प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड– १९ ले उत्पन्न गरेको संकटबाट संविधानविरोधी शक्ति

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

कर्णाली, नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिएका छन् । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आएका छन् । विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द हुन

चन्द्रागिरिमा मिनीट्रक दुर्घटना

काठमाडौं, चन्द्रागिरिमा मिनीट्रक दुर्घटना भएको छ । दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित मसिने सालघारीमा ना२क ३२३ नम्बरको मिनीट्रक दुर्घटना भएको महानगरीय प्रहरी कार्यालय थानकोटका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले जानकारी दिए।