मेरो गाउँप्रति अथाह प्रेम छ

मेरो गाउँ दुर्गम प्रदेशको ६ नम्बर कर्णाली प्रदेश भन्दा पनि भेरिगंगा नगरपालिका वडा नम्बर ७ मा पर्दछ ।जहाँ धेरै जातजातिका मानिसहरु बसोबास गर्दै आएका छन् । जहाँ एउटै वडामा दुईवटा विद्यालय छन् । जहाँ मन्दिर छन् । दुईवटा विद्यालयको बिचमा मेरो सुन्दर बस्ति छ । मेरो घरदेखि केही तल छिन्चु-सल्यान सडक छ । हामीले सँधै झै पानि पिउने मुलपानी धारो म थाहा पाउँदा जस्तो थियो यस्तै छ जहाँ म जस्ता धेरैले त्यहाँ पानी पिउछन्। मेरो प्यारो कर्म थलो प्रा वि मुलपानी जहाँ क देखि ज्ञ सम्मकाे शिक्षा अनि जीवन जिउनु पर्छ भन्ने  सिके । मेरो जिवन मेरो लक्ष्य त्यही गाउँ जहाँ म ढुङ्गा माटो बोटबिरुवासँगै हुर्किन पाएँ । मेरो गाउँ आफैंमा सुन्दर बस्ति लाग्छ मलाई आखिर गाउँ न हो माया लागि हाल्दो रहेछ । सुन्दर सहर भन्दा कहाँ कमि छ र तरपनि रोजगारीको भने पक्कै कमि त छ । धेरै सपना बोकेका गाउँलेहरु कुम्लो बोकेर कालिपार धाउँछन् । हाम्रो गाउँका प्रायः युवाहरू कालिपार नै धाउने गर्छन् । कारण राम्रो लगाउने मिठो खाने शोकमा सबैजना पैसासँग मितेरी लगाउँदै छन् । पैसालाई पिछा गरिरहने क्रममा कैयौं पटक ठक्कर खाँदै पनि उठिरहेका युवाहरू छन् ।

भेरिगंगा नगरपालिका वडा नं ७ मेरो प्यारो गाउँ जहाँ आफ्नै किसिमको रीतिरिवाज, धर्म, संस्कृति र पेसा व्यवसाय छन् । वारी झिङ्गनी खोलासँग छुट्टिएर पारी डुमकोटको डाँडासम्म फैलिएको मेरो गाउँ जनसंख्याको आधारमा अरू वडाभन्दा धेरै वाक्लै बस्ति रहेको छ । जहाँ केही मात्रामा खेतबारी रहेका छन् । खेतबारीबाट फलेको अन्नलाई दुईवटा मिलद्वारा तयार पारिन्छ । हाम्रो ७ नम्बर वडालाई छुट्याउन बीचमा काठेघारी खोला छ जस्ले गर्दा काठेघारी र झ्याक्रेघारी भन्न सजिलो भएको छ। त्यस्मा पनि टोल नै टोल भएर छुट्टिएको मेरो गाउँ घर्ती धेरै भएको घर्ती टोल छ,दर्माली धेरै भएको दर्माली टोल छ,गलाति धेरै भएको गलाति टोल छ, काउले धेरै भएको काउले टोल छ, त्यस्तै कति कति टोल छन् मेरो गाउँमा । एकदमै सम्पूर्ण घुमफिर गर्न नसके पनि धेरैसँग आत्मियता छ ।

रोजगारीको अवसर नभएको मेरो प्यारो गाउँ जहाँ आफ्नै किसिमको जीवन प्रक्रिया छ । हाम्रो गाउँमा धेरै जातजातिका मानिसहरु बसोबास गर्छन् ।हाम्रो गाउँमा विकासको एकदम कमि छ जुन पार्टिको झण्डा बोकेपनि आफूले नै आफू स्वयमको लागि गिडगिडाएको धेरै तस्विरहरु मेरो आँखाले नजर अन्दाज गरिसके तर पनि उही हालतमा स्वीकार गर्छन् ।  पार्टिको पछि लागेर आत्मियता महसुस गर्न छाड्ने पनि देखेँ त व्यङ्ग्य हान्न मन पनि लाग्छ तर म पनि त्यही समाजको एक पात्र हूँ । जस्तो समाजको रीत छ त्यसलाई नै पछ्याउनु पर्छ ।

तर गलत कुराको भत्सर्ना पनि त गर्नुपर्छ । म अल्मलिन्छु किनकी अलमलमा मलाई राखिएको हुन्छ घरकाले नेतालाई छान्छन् नबुझेर म बुझिबुझी बुझनै पचाउनु पर्छ लाइफ इज हाँजमोलाू जे खान्छ पचाउँछ भनेझैँ । जे भएनि नभएको झै गर्नु पर्छ यहाँ । बिडम्बना हामी कहिले आफैसँग पनि नराम्ररी झुक्किने गर्छौं कारण भ्रममा पारेर या परेर । यो एक्काइसौँ शताब्दीको सातौं दशक हो जहाँ मान्छेले मान्छेसँग होइन पद,पैसा र सत्तासंग भावना साटासाट गरिरहेका छन् ।

निष्कर्ष

हामी एउटै बस्तिमा रहेर घरपरिवार जसरी मिलेर बस्नु पर्छ । कारण आत्मियता सबैभन्दा ठूलो बन्धन हो । जो वैवाहिक बन्धनभन्दा पनि परिपक्व हुन्छ । आत्मियता हुन बुझाई गलत हुन भएन विश्वास हुन पर्छ । सबैभन्दा पहिला आत्मनिर्भर बन्न जरुरी छ । कारण सहि र गलत के हो भनि छुट्याउन सकेनौ भने हामीलाई अनेकौं बाधा अड्चन आइपर्छन् । त्यस्तै हामी समाजमा बसेका छौ मिलनसार र इमान्दार भई आफ्नो भूमिका निर्वाह गर्न सक्ने हुनुपर्छ ।

मलाई मेरो गाउँप्रति अथाह माया छ भन्नुको मतलव यो होइन कि म गलत कुराहरू पनि स्विकार्छु । सबैलाई सम्मान गर्छु गर्न पनि सक्नु पर्छ ।गलत कुराको भत्सर्ना पनि गर्नु पर्छ । कारण हामी सबैको अधिकारकाे कुरा हो । त्यसै नेपालका प्रथम प्रधानमन्त्री भएका थिएनन् क प्रचण्ड राजनितिका ऐतिहासिक व्यक्ति हुन् । राजतन्त्रको अन्त्य गरेर यो तन्त्रमा हामी खुल्लेआम जे पनि गर्न सक्ने भएका छौ ।

नत्र आज राजाको रैति भई रोएरै बस्न बाध्य हुने थियौँ । त्यसैले हामीले गलत कुराहरूको विरोध गर्दै अगाडि बढ्नु पर्छ । हामी कसैका रैति होइनौँ, थिएनौँ पनि त्यसैले सम्मानको साटो सम्मान फिर्ता गर्दै हामी अगाडि बढ्नु पर्छ ।समाजलाई मान्ने कुरामा मान्दै आफ्नो भूमिका निर्वाह गर्न सक्ने हुनुपर्छ । समाजमा बसेर समाजका अनेक प्रसंगलाई अंगाल्न विवश भइरहेको कोही कसैलाई मेरो विन्ती छ । आज यो युगमा आएर पनि नेता होइन अदालतमा धाउन पर्छ  ।कारण आफ्नो अधिकार अरूले प्रयोग गर्ने कसैको हक छैन । परि आएको खण्डमा हतियार पनि उठाउन पर्छ तरफलामको होइन शब्दको हतियारले प्रहार गर्नुपर्छ ।