नेपालमा थप ९ सय ३६ जनामा कोरोना पुष्टि

कुल संक्रमितको संख्या २ लाख ५० हजार १८०

काठमाडौँ, नेपालमा थप ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९ सय ३६ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार। ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३८ हजार ५६९ स‌ंक्रमणमुक्त भएका छन् ।

आज कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७३० पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।