दक्षिण कोरियाबाट सहजै रकम पठाउन सकिने

काठमाडौँ, दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम पठाउन सकिनेछ । एन आई सी एशिया बैंक र सेन्ट बी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ ।

दक्षिण कोरियामा बस्दै आएका नेपाली ग्राहकहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्नेछन् । उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको छ ।

कोरियामा बसोबास गरिरहेका नेपाली महानुभावहरूले सेन्ट बी रेमिटको वेबसाइट तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्नेछन् ।