मुख्य समाचार Archive

नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६४ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।नेपालमा थप १ हजार

नेपालमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

जनतालाई छिट्टै निःशुल्क कोरोना खोप उपलब्ध गराउनुपर्छः ईश्वर पोखरेल

काठमाडौँ, उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले जनतालाई छिट्टै निःशुल्क खोप उपलब्ध गराउने विषयमा जोड दिएका छन् । सिंहदरबारमा शुक्रबार पोखरेलले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन र त्यसमा भैरहेको

छाउगोठ भत्काइएपछि ओढार र चौरको बास

बझाङ, गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको पाईएको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बिवश भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका

महिला र पुरुष फुटबलरलाई समान तलब

काठमाडौँ, अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको छ । विहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब बढाएर मासिक १८ हजार दिने निर्णय गरेको हो । यसअघि एन्फाले

अफगान सेनाको हवाई कारबाहीमा आठ तालिबानीको मृत्यु

अफगानिस्तान, अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा पनि आठ जना तालिबानीको मृत्यु भएको छ । ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले

मिडियालाई लोककल्याणकारी र समानुपातिक विज्ञापन दिईनेः डोरमणि पौडेल

मकवानपुर, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १६औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले पत्रकारले आफूलाई

बाइडेन र ह्यारिस ‘टाइम पर्सन अफ दि ईयर’ घोषित

काठमाडौँ, विश्वको चर्चित पत्रिका टाइमले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई सन् २०२० को वर्ष व्यक्ति पर्सन अफ दि ईयर घोषणा गरेको छ। टाइमले वर्षव्यक्ति विषेशगरी एक जनालाई बनाउने गरेतापनि कुनै बेला भने

जबरजस्ती करणी घटना मिलापत्र कार्यमा संलग्न ६ जना पक्राउ

मोरङ, २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका ५ बस्ने ६५ वर्षीय

चितवनमा जीप दुर्घटना

मुग्लिन, चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु हो । मृतकको