जनतालाई छिट्टै निःशुल्क कोरोना खोप उपलब्ध गराउनुपर्छः ईश्वर पोखरेल

काठमाडौँ, उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले जनतालाई छिट्टै निःशुल्क खोप उपलब्ध गराउने विषयमा जोड दिएका छन् ।

सिंहदरबारमा शुक्रबार पोखरेलले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन र त्यसमा भैरहेको प्रगतिकाबारेमा मन्त्रीहरुसँग छलफल गरेका हुन् । बैठकमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुको सहभागीता थियो ।

कोरोनासम्बन्धि पछिल्ला सरकारका निर्णयहरुको समिक्षा गर्दै बैठकले यसका नियन्त्रण सम्बन्धी भैरहेका प्रयासका बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने पनि निर्णय गरेको छ ।