नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु

मृत्यु हुनेको संख्या १ हजार ६६४

काठमाडौँ, नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६४ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३२ हजार ८७२ स‌ंक्रमणमुक्त भएका छन् ।