महिला र पुरुष फुटबलरलाई समान तलब

काठमाडौँ, अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको छ । विहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब बढाएर मासिक १८ हजार दिने निर्णय गरेको हो ।

यसअघि एन्फाले पुरुष खेलाडीलाई मासिक १५ हजार तथा महिलालाई मासिक ७ हजार दिँदै आएको थियो । एन्फाले पुरुषको पनि तलब ३ हजार रुपैयाँ बढाएर १८ हजार बनाएको हो ।लामो समयदेखि महिला र पुरुष फुटबलरको तलब समान हुनुपर्ने विषयमा आवाज उठ्दै आएको थियो ।

साथै फिफा रेफ्रीको तलब पनि साविकको ६ हजार बाट बढेर मासिक १० हजार रुपैयाँमा पुगेको छ ।