मुख्य समाचार Archive

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि

ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नामक संस्थाको ठगी धन्दा

जाजरकोट, ग्रामिण विकास तथा क्लिन इन्भरमेन्ट नामक संस्थाको ठगी धन्दा बाहिरिको छ । जाजरकोटका ग्रामीण बस्तिहरु बारेकोट गाउँपालिका, नलगाड नगरपालिका लगायतका दुर्गम बस्तिमा उक्त संस्थाले ठगी धन्दा चलाइरहेको बुझिएको छ । विगत केही दिन यता नगरपालिका

कार्की ब्यांकेटमा नेकपाको सचिवालय बैठक जारी

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल पक्षको चिवालय बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठकअघि राजधानीको कार्की ब्यांकेटमा सचिवालय बैठक जारी रहेको एक नेताले जानकारी दिए । नेकपाको ९ सदस्यीय केन्द्रीय सचिवालयमध्ये प्रचण्ड(नेपाल पक्षमा ४ जना छन्। आजै

निर्णय भए पनि अझै खुलेनन् नेपाल–भारत सीमा नाका

कञ्चनपुर, सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपाल–भारत सीमा नाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन । तीन दिनअघि सरकारको मन्त्रिपरिषद्बाट सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमानाका खुला गरे पनि यात्रुहरुलाई भने

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने, बोर्ड वैठक बस्दै

काठमाडौं,राष्ट्रिय परीक्षा बोर्डले आज (सोमबार) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जानकारी दिएको छ । बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ

पाँचदिनमा आठ सय हेक्टर क्षेत्रफल ध्वस्त

पोखरा , मनाङको नासोँ गाउँपालिका ६, ७ र ८ का विभिन्न वनक्षेत्रमा पाँच दिनदेखिको आगलागीले झन्डै आठ सय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ । शनिबारदेखि आगो फैलिने क्रम केही कमी भए पनि तीव्र हावाका

भटमासको तेलको निर्यात २९० प्रतिशतले बढ्यो

काठमाडौं , चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महीनामा भटमासको तेलको निर्यात २९० प्रतिशतले वृद्धि भएको छ । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)का अनुसार यस अवधिमा नेपालबाट रू. १७ अर्बको भटमासको तेल निर्यात भएको

आयोगलाई नेकपाका दुवै अध्यक्षको संयुक्त हस्ताक्षर मात्रै मान्य हुने

काठमाडौँ , नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद कायमै छ, कसरी दल दर्ता हुन्छ त ? भन्ने आम चासो जनमानसमा कायमै छ । तर आयोगका एक अधिकारी भन्छन्,‘‘आयोगलाई कुनै समस्या छैन, त्यससम्बन्धी जे समस्या थियो, त्यससम्बन्धी आयोगले

सभाहल निर्माणमा अनियमितता भन्दै अख्तियारले थाल्यो छानविन

म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारेमा निर्माण भएको बहुउद्देश्यीय सभाहलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ । अस्वभाविक लागत बनाएर डिजाइन, ठेक्का प्रक्रियामा मिलेमतो र भवन निर्माणमा अनियमितता गरेको उजुरी परेपछि

विप्लव समूहका ५ कार्यकर्ता पक्राउ

सुर्खेत, सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँच कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२ बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा, त्रिवेणी–९ प्युउगाका १६ वर्षीय नवीन वली,