स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई महिला पक्राउ

काठमाडौं, काठमाडौंबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताकेश्वर नगरपालिका-७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका-१ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् ।उनीहरुलाई काठमाडौं महानगरपालिका-२२ खिचापोखरीबाट उक्त रकमसहित प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।उनीहरुलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।