मुख्य समाचार Archive

बाजुरामा फर्जी मत विवादमा झडप, एक जनाको हत्या

बाजुरा । बाजुरामा झडप हुँदा एमाले समर्थित कार्यकर्ता चेतन ऐडीको ज्यान गएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट ३२ वर्षीय चेतन ऐडीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाका अनुसार आइतबार

चितवनमा यस्तो छ मतगणनाको तयारी

चितवन ,तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ। आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका

काठमाडौं-७ मा स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

काठमाडौं निर्वाचन क्षेत्र नं ७ को स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले १७७ मतसहित​सुरुवाती अग्रता कायम गरेको हो । यस्तै दोस्रो स्थानमा रहेका

मतदान सम्पन्न, मतदाताको उपस्थिती भने अपेक्षाभन्दा न्यून

काठमाडौँ, प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो । विभिन्न स्थानमा झडप एवम् आगजनी भएपनि समग्रमा शान्तिपूर्ण रुपमा नै मतदान सम्पन्न

माइतीघरबाट नेकपा बहुमतका कार्यकर्ता पक्राउ

काठमाडौं । निर्वाचन विरोधी गतिविधि गरेको भन्द प्रहरीले नेकपा बहुमतका कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । आइतबार दिउँसो देशभर मतदान चलिरहेका बेला धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिस्कारको माग राख्दै

बैतडीमा ११३ वर्षीया वृद्वा मानमतीदेवीले गरिन् मतदान

बैतडी । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको पाटन नगरपालिका–४ की मानमतीदेवी भट्टले मतदान गरेकी हुन् । पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा पुगेर भट्टले मतदान गरेकी हुन् । बैतडीमा कैदीबन्दीले मतदान

अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान

रुकुम पश्चिम । अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन् । उनले मुसिकोट नगरपालिका–५ सेरीगाउँको यमुना नन्द नमुना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी आफै प्रतिनिधिसभा सदस्य उमेदवार

दोलखाको एक मतदान केन्द्र चल्यो गोली

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकास्थित एक मतदान केन्द्रमा गोली चलेको छ । दलका कार्यकर्ताले मतदानका क्रममा अनावश्यक हुलदंगा गरेपछि प्रहरीले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको बागमति प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले जानकारी दिइन् ।

पूर्व सभामुख महराले गरे मतदान

रोल्पा । पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मतदान गरेका छन् । उनले तारा मावि बामरुक लिवाङ रोल्पा मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

भीम रावलले चन्दोदयबाट गरे पहिलो मतदान

अछाम । नेकपा एमालेका नेता डा. भीम रावलले अछामबाट मतदान गरेका छन् । उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् । रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका