खजुरा क्यान्सर अस्पतालमा लिन्याक मेसिन संचालन हुँदै

क्यान्सरका बिरामीलाई राहत

नेपालगन्ज, खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन संचालन हुने भएको छ । बाँकेको खजुरा गाउँपालिकामा रहेको शुशील काेईराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन आइपगेकाे अवस्थामा रेडिएसन सेवा सुरु भएसँगै अब क्यान्सरकाे सबै उपचार खजुरामा सम्भव हुने अस्पताल विकाश समितीका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए ।

लिन्याक मेसिन क्यान्सरको उपचारमा प्रयोग हुने रेडियसन प्रदान गर्ने मेशिन रेडियोथेरापीको लागी अती आवश्यक मेसिन भएको बताउदैँ अस्पताल बिकाश समितीका अध्यक्ष मल्लले हाल टाउको, घाँटी, मुटु, फोक्सो, रक्तनली सम्बन्धी क्यान्सरको उपचारका साथै मेडिकल अङ्कोलोजी, सिटीस्क्यानको माध्यमबाट गरिने बायोप्सी, तनाव लगाएतका बिभिन्न समस्याको उपचार अस्पतालमा उपलब्ध हुँने बताए ।

आइसीयू नहुँदा अस्पतालमा गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्न र अप्रेसन गर्न समस्या थियो । बिरामीलाई थप सेवा सुविधा प्रदान गर्न तत्काललाई चार शैय्याको ‘पोेजेटिभ प्रेसर’ आइसीयू सञ्चालनमा ल्याइने र दुरदराजका जिल्ला बाट बिरामी लिएर आउनुभएका बिरामीको कुरुवाका लागि कुरुवा घर चाडैं सचालनमा ल्याउने समेत बताए ।

उक्त आइसीयू क्यान्सरका बिरामीका लागी मात्रै प्रयोग गरिने बताउदैँ आइसीयू कक्ष निर्माणको सबै काम पूरा भइसकेकाले दक्ष जनशक्ती व्यवस्था गरेर सञ्चालनमा ल्याएर आइसीयूका लागी कर्मचारीलाई तालिम दिए पश्चात् सञ्चालनमा आउने बताए ।

अस्पताल बिकाश समितिका अध्यक्ष मल्ल नेतृत्वमा आए संगैँ  पश्चिम क्षेत्रमा पहिलाेपटक याे सेवा बाँकेको खजुरामा रहेको शुशील काेइराला प्रखर क्यान्सर अस्पतालमा सन्चालनमा आउन लागेको हो ।