बालशिक्षा माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न

कोहलपुर, कोहलपुर नगरपालिका वडा नं १३ भरैयामा रहेको बाल शिक्षा माध्यमिक विद्यालयमा दीर्घकालीन योजना निर्माण तथा अभिभावक भेला सम्पन्न भएको छ । उक्त भेलाद्वारा विद्यालय व्यवस्थापन समितिको छनौट भएको हो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विकले आगामी पांच वर्ष भित्र कोहलपुरका हरेक विद्यालयहरु टिनका छाना मुक्त हुने वताए । आफुहरु निर्वाचित भएको ७-८ महिना भएको भएपनि शिक्षामा लगानी दुई गुणाले वृद्धि गरिएको वताए । बाल शिक्षा माध्यमिक विद्यालय जस्ता दुर दराजका विद्यालयमा अबको लगानी भइ विद्यालयको विकास गरिने वताए । उनले शिक्षा समितिको वैठले हरेक विद्यालयमा सहायक लेखापाल अनिवार्य राख्ने व्यवस्था गर्ने प्रतिवद्द्ता व्यक्त गरे ।

कार्यक्रमा बोल्दै विशिस्ट अतिथि तथा मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांके पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्माले बाल शिक्षा माध्यम विद्यालय कर्णालीका जिल्ला जस्तै दुरदराजमा रहेको, गरिव अभिभावक, अशिक्षित अभिभावकको बाहुल्यता भएकोले विद्यालयको वृहत्तर विकासको लागि भौतिक संरचना निर्माणमा नगर सरकारको ध्यान अनिवार्य जानू पर्ने कुराम जोड दिए । उनले आगमी ५ वर्ष भित्र टिनको रहरा मुक्त विद्यालय निर्माण गर्न, माध्यमिक तहमा विषयगत शिक्षकको अनिवार्य व्यवस्था गर्नुपर्ने, विद्यालयको तारबारको व्यवस्था गर्नुपर्ने, रोहिणी खोला शिव मन्दिर देखि विद्यालय आउने सडक चौडा बनाई व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिए । गुणस्तरीय शिक्षाको लागि विद्यालयको समग्र विकासम अभिभावकको अहम भूमिका हुने भएकोले विद्यालय प्रती चासो दिन अभिभावक लाई आग्रह गरे । विद्यालय निर्माणमा शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा प्रअको मात्र जिम्मेवारी नभए अभिभावकको बढी भूमिका हुनुपर्ने वताए । उनले विद्यालयको जग्गा के कति हो त्यसको नक्साङकन गर्न अनुरोध गरे ।

कार्यक्रम बोल्दै वडा नं १३ का वडा अध्यक्ष डम्बरबहादुर खडकाले बाल शिक्षा माध्यमिक विद्यालयको जग्गा एक महिना भित्र नक्साङकन गर्ने प्रतिवद्दता व्यक्त गरे उनले पुर्वमा गेरुवा खोला तथा सामुदायिक वन, पश्चिममा रोहिनी खोला, उत्तरमा दुई खोलाको दोभान र दक्षिणमा सिम्रहावाको सिमाना रहेकोले त्यो विद्यालयको सिमाना नक्साङकन गर्ने प्रतिवद्दता व्यक्त गरे । विद्यालय निर्माण मात्र नभैइ गांउघर क्लिनिक समेत आउने कुरामा ढुक्क हुन अनुरोध गरे ।

कार्यक्रमम वडा नं १३ का वडा सदस्य गोमा खनालले भरैया लाई पर्यटकिय स्थलका रुपम विकास गर गुरु योजना बनाउनु पर्ने वताईन । कार्यक्रममा बोल्दै शिक्षा युवा तथा खेलकुद शाखाका प्रा.स बल बहादुर नेपालीले विद्यालयमा कम्तीमा पनि एक महिनामा १ दिन विद्यालयम आउन अनुरोध गरे । उनले विद्यालय व्यवस्थापन समितिको निर्माण प्रक्रियाको वारेमा वताए । विद्यालयका निवर्तमान अध्यक्ष डम्बर विकेले आफ्नो कार्यकालमा २५ काम गरेको वताए ।

कार्यक्रमम विद्यालयका प्रअ टर्क बहादुर खत्रीले आफ्नो विद्यालयको आय व्यय तथा विद्यालयको प्रगती विवरण प्रस्तुत गर्दै आगामी दिनमा आम सरोकारवालाहरुको सहयोगम विद्यालय बनाउन सकिने कुरामा जोड दिए ।

कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष टेक बहादुर डांगिको अध्यक्षता सम्पन्न कार्यक्रमको सहजीकरण शिक्षक दिपक केसिले गरेका थिए । अभिभावक भेलाबाट गणेश पुनको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिती गठन गरिएको छ । व्यवस्थापन समितीमा गणेश कुमार पुन अध्यक्ष, सदस्यहरुमा नन्दा कुमारी शाही, टिका वादी, कमलसिंह डांगी, ममता कुमाल, जय बहादुर पुन र पदेन सदस्य वडा अध्यक्ष डम्बर बहादुर खड्का र विद्यालयका प्रअ टर्क बहादुर खत्री छनौट भएका छ्न भने शिक्षक प्रतिनिधि विद्यालय शिक्षकले छनौट गरि पुर्णता दिने विद्यालयका प्रधानाध्यापक खत्रीले जानकारी दिए ।