काठमाडौं महानगरलाई क्रान्तिकारीले दियो ७२ घण्टे अल्टिमेटम

निर्णय नसच्याएमा कडा संघर्षको चेतावनी

काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौं महानगरपालिका शिक्षा शाखाको परिपत्र प्रति आपत्ति जनाएको छ ।

सङ्गठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक मिम बहादुर ऐडीले एक प्रेस विज्ञप्ति जारी गर्दैँ सार्वजनिक सम्पतिको चरम दुरुपयोग र विद्यालय जस्तो संवेदनशिल क्षेत्रमा यौनजन्य तथा अपराधिक क्रियाकलापहरुलाई प्रोत्सहीत गर्ने ढंगले काठमाण्डौं महानगरपालिका अन्तरगर्त बालेन प्रशासनको शिक्षा अधिकारी राम प्रसाद सुवेदीले निकालेको परिपत्र कार्यको घोर भर्त्सना गरेका छन् ।

महानगरको परिपत्र

‘बालेन प्रशासनको शिक्षा अधिकारीले पौष १९ गते प्रकाशन गरेको परिपत्र गते उल्लेखित एनजियो र आइनजियो, धामिर्क संगठन संग तुलना गरी विध्यार्थी संगठनलाई विद्यालयमा प्रवेश निषेध भनि प्रकाशित परिपत्र खेदजनक छ ।’

साथै उनले गलत निर्णयलाई तत्कालमा ७२ घण्टा भित्र सच्चाउन चेतवानी दिदैँ निर्णय नसच्याएमा थप चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।

यस्तो छ विज्ञप्ति