देश Archive
साउदीबाट १५३ नेपाली काठमाडौं आइपुगे, दुवईबाट १४८ बोकेर उड्यो जहाज
काठमाडौं, कोरोना भाइरसको महामारीले साउदीमा अप्ठ्यारोमा परेका १५३ जना नेपाली काठमाडौं आइपुगेका छन् । १५३ जना नेपाली लिएर आएको हिमालय एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका

क्वारेन्टाइनमा आत्महत्या गरेका व्यक्तिमा कोरोना पुष्टि
बाजुरा, बाजुराको एक क्वारेन्टाइनमा आत्महत्या गरेका एक व्यक्तिमा दाहसँस्कार गरेपछि कोरोना संक्रमण पुष्टि भएको छ । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए ।

झनै अलमलमा नागरिकता विधेयक
काठमाडौं, अंगीकृत नागरिकताका सम्बन्धमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसबीचमा मत बाझिएपछि गत भदौ २८ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भयो । २० मिनेटका लागि भनेर स्थगित भएको उक्त बैठक १० महिनापछि गत

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ
भैरहवा, चीनबाट आउनु पर्ने उपकरण र प्राविधिक जनशक्ति नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ भएको छ । यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाइको मुख्य कारण

गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३४८
पोखरा, गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासीका २, बाग्लुङका १४, कास्कीका ६ र स्याङ्जाका २ जनामा संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट फर्किएका

बम्जनको आश्रममा प्रहरीको तेस्रो छापा, भेटिएनन् बम्जन
काठमाडाैँ, आफूलाई लिटिल बुद्ध भनेर दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले छापा मारेको छ । प्रहरीले उनको आश्रममा छापा मारेको यो तेस्रो पटक हो। हत्या र बलात्कार अभियोगमा प्रहरीको फरार सूचीमा

संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
काठमाडौं, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बिहीबार) प्रतिनिधि र राष्ट्रियसभा दुवैबाट सर्वसम्मत पारित विधेयकलाई प्रमाणित गरेसँगै यसले संवैधानिक मान्यता पाएको हो ।

कर्णालीमा थप १२० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२२४
सुर्खेत, कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२ सय २४ पुगेको छ। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय २० जनामा

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्तकको संख्या २२ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामै थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुदूरपश्चम कैलालीका दुई जना रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका–४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका– २की ४३

थप ६७१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ७,८४८
काठमाडौं, नेपालमा आज (बिहीबार) एकै दिन अहिलेसम्मकै धेरै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

