गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६६

पोखरा, गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

तनहुँका ५, स्याङ्जाका १, लमजुङका ३, कास्कीका ८ जनामा संक्रमण पोजेटिभ देखिएको डा. विनोद विन्दु शर्माले बताए । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको उनले बताए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ । २१४ जना निको भएर घर फर्किसकेका छन् ।