थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४

काठमाडौं , नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

कोरोना संक्रमणमुक्त भएर पछिल्लो २४ घण्टामा ९ जना महिला र ५१ पुरुष गरी कुल ६० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणमुक्त भएर २७७ महिला र २ हजार ९१७ पुरुष गरी कुल ३ जार १९४ जना डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ७११ जनाको पीसीआर विधिबाट कोरोनापरीक्षण गरिएको छ।

हाल ५३ हजार ७० जना देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा बसिरहेका छन् भने कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसिरहेका व्यक्तिहरुको संख्या १० हजार ३४१ छ।

यस्तै कोरोना संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भएको छ।