देश Archive

ललितपुरमा एकै दिनमा ३ कोरोना संक्रमितको मृत्यु
काठमाडौं,कोरोना संक्रमणबाट ललितपुरमा एकैपटक ३ जनाको मृत्यु भएको छ । बिहीबार राति मेघा अस्पतालमा दुई र बयोधा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकहरु सबै ७० वर्षमाथिका छन् । कोरोना संक्रमण देखिएपछि उपचारका

बारबर्दियामा ५ दिन निषेध आदेश
बर्दिया, कोरोना भाइरस संक्रमितको संख्या बढेको भन्दै फेरि निषेध आदेश लगाउने क्रम सुरु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन पाँच दिनका लागि निषेध आदेश जारी गर्ने निर्णय गरेको छ। शुक्रबार राति

हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ भेटियो
लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो । चार वर्षअघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो ।

सीमाबारे स्थलगत रिपोर्ट नआउँदै सरकारले हतारमा टिप्पणी गर्यो : कांग्रेस
काठमाडौँ, हुम्लामा नेपाल र चीनबीचको सीमा मिचिएको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको कांग्रेसले आरोप लगाएको छ ।बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै सरकारले यसबारे टिप्पणी गरेको बताएका हुन् ।

केरुङ–काठमाडौँ रेलको डीपीआर ताकेता
काठमाडौँ, चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ ।कोरोना महामारीका बीच पनि केरुङ–काठमाडौँ

कोरोनामुक्त हुनेको संख्या ५० हजार नाघ्यो
काठमाडौं,कोरोना भाइरस संक्रमण भएर संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ। आज बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ। यीमध्ये ५० हजार ४११ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्। कुल संक्रमितमा यो

५४ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति?
काठमाडौं, २४ घण्टामा देशका ५४ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। सबैभन्दा बढी काठमाडौंमा ६०९ जना र चितवनमा १३७ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। आज देशभर महिला ५१३ र

सार्कका विदेशमन्त्रीहरुको बैठकमा भारत पनि सहभागी हुने
काठमाडौं, सार्क राष्ट्रका विदेशमन्त्रीहरूको शुक्रबार हुने भर्चुअल बैठकमा भारत पनि सहभागी हुने भएको छ। नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने भर्चुअल बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुने भएका हुन्। पाकिस्तानसँगको राजनीतिक किचलोका कारण सार्कलाई

काठ तस्करी भएको खवर सम्बन्धीत निकायले थाहा नपाएको घटनाप्रति पत्रकार मञ्चको ध्यानाकर्षण
दाङ, देउखुरीको गढवा १ मलमला स्थित सुर्य सामुदायिक वन उपभोक्ता समुहमा एक महिना पहिला तीन वटा सालका रुखहरु काटी चोरी तस्करी भइ रहेको र सम्बन्धित उपभोक्ता समुह , वन कार्यालय तथा सरोकारवाला निकायले थाहा नपाएको घटना

दाङको लमहीमा जेसिज सप्ताह शुरू
देउखुरी , लमहीमा जेसिज सप्ताह सुरु भएको छ । जेसिजले विभिन्न कार्यक्रमहरू संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरेको छ । पहिलो दिन लमही जेसिजले वृक्षारोपण गरी सप्ताहको उद्घाटन गरेको छ । सप्ताहको लमही नगरपालिकाका नगर

