कोरोना संक्रमणवाट अछाममा एक जनाको मृत्यु

मृत्यु हुनेको संख्या ३

जिल्ला स्वास्थ्य कार्यालय मंगलसेन मा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।जिल्लाको वान्निगढि जयगढ गाउपालिकाका ३४ वर्षिय एकजना पुरुषको आज मृत्युु भएको हो ।

३४ वर्षिय पुरुष गत महिनाको २५ गते भारत वाट नेपाल आएका हुन । उनि आएको ७ दिन पछि स्वाव परिक्षणका लागि पठाईएको थियो । ३ दिन अगाडि उनमा सामान्य लक्षण देखा परेको थियो ।उनलाई हिजो नै उपचारका लागि ल्याउनुपर्थ्यो । आज ल्याउदा उहाको प्रभावकारि उपचार गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले वताएको छ । अहिले जिल्लाभर १०१ जना कोरोना संक्रमित उपचाररत छन ।ती मध्ये २ जना जिल्ला स्वास्थ्य कार्यालय मंगलसेन ,८१ जना पालिका स्तरका आईशोलेसन , ८ जना सेल्फ आईशोलेसनमा रहेका छन ।

१२ जना डोटि जिल्लामा आज गरिएको स्वाव परिक्षणमा देखा परेको वताइएको छ । यो सगै अछाम मा कोरोना का कारण ज्यान गुमाउने को संख्या ३ पुगेको छ ।