दीपिका, सारा, रकुलप्रीत सिंह र श्रद्धाको फोन नियन्त्रणमा

एजेन्सी, बलिउड ड्रग केसमा मुछिएकी बलिउड अभिनेत्री दीपिका पदुकोण, सारा अली खान र श्रद्धा कपुरसँग शनिबार लामो समय सोधपुछ गरेको छ ।सोधपुछपछि एनसीबीले थप अनुसन्धानको लागि दीपिका, सारा, रकुलप्रीत सिंह र श्रद्धाको फोन नियन्त्रणमा लिएको छ ।

साथै, फेशन डिजाइनर सिमोन खम्बाता र दीपिकाको म्यानेजर करिश्मा प्रकाशको पनि फोन नियन्त्रणमा लिएको छ ।एनसीबीले नियन्त्रणमा लिएको सबै फोनको डाटा रिकभर गरेको विस्तृत अनुसन्धान गर्ने तयारी गरेको छ ।

यस अघि एनसीबीले सुशांत सिंह राजपूतको प्रतिभा प्रबन्धक जया साहा फोन पनि नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा रहेको छ ।