देश Archive

काँग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं, आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ ।

तारिख गुजारेपछि कृषिमन्त्रीको गुम्यो सांसद पद
लुम्बिनी, लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझी सांसदबाट पदमुक्त भएकी छन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको तारिख गुजारेका कारण उनलाई पदबाट नहटाउनु भन्ने अन्तरिम आदेश निष्कृय भएको हो । अब उनी

देउवा र ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी
काठमाडौं, अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री

सात महिनामा नेपालको व्यापार घाटा १० खर्ब नाघ्यो
काठमाडौं, चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको

ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच मंगलबार भेटवार्ता भएको छ ।ओली निवास बालकोटमा मंगलबार पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओली र राजदूत बेरीबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक

अब ‘अन द स्पट’ लाइसेन्स सक्कली-नक्कली छुट्याउन सकिने
काठमाडौं, के तपाईं नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारीसाधन चलाइरहनुभएको त छैन ? होसियार, अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत लाइसेन्स सक्कली वा नक्कली के हो तत्कालै अन द स्पट (ठाउँका ठाउँ) पत्ता लगाउन सक्नेछ ।

गठबन्धन जोगाउन पौडेको सक्रियता
काठमाडौं, अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभामा टेबुल भएसँगै सत्ता गठबन्धनका राजनीतिक दलबीच सम्बन्ध चिसिएका बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसिसी सम्झौता टेबुल भएपछि सत्ता गठबन्धनमा रहेका

मन्त्री भएकाहरु एमसीसीको पक्षमा, अरू विरोधमा !
काठमाडौं, सरकारले संसद्मा टेबल गराएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलले नै द्वैध चरित्र देखाउँदै आएका छन् । सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बालुबाटारमा बसेको शीर्ष बैठकमा

नौबिसे–नागढुङ्गा सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो
काठमाडौं, नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ

माओवादी र एकीकृत समाजवादीले सरकार नछाड्ने
काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म